लुम्बिनीको समग्र विकासका लागि प्रचारप्रसारमा जोड दिनुपर्छ : मुख्यमन्त्री आचार्य | Khabarhub Khabarhub

लुम्बिनीको समग्र विकासका लागि प्रचारप्रसारमा जोड दिनुपर्छ : मुख्यमन्त्री आचार्य


१७ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको विकास र समृद्धिका लागि सञ्चार क्षेत्रले सर्ढटकीय सामग्री सम्प्रेषण गर्दै प्रचारप्रसारमा जोड दिनुपर्ने धारणा राखेका छन् ।

लुम्बिनीमा आजदेखि आयोजित टेलिभिजनको प्रथम राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै लुम्बिनी देवभूमि, तपोभूमि र ज्ञानभूमि भएकाले यसको प्रचारप्रसारमा सञ्चार क्षेत्रले सक्रियता देखाउनुपर्नेमा जोड दिए । उनले लुम्बिनीको महत्त्व अन्तरराष्ट्रियस्तरमा फैलाउन सञ्चारमाध्यमले महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै पर्यटन प्रवर्द्धनका लागि सामग्री सम्प्रेषण गर्नुपर्ने आवश्यकता औँल्याए।

“लुम्बिनी देवभूमि, ज्ञानभूमि र तपोभूमि हो । यसको महत्त्व विश्वभर फैलाउन सञ्चारमाध्यमको सहयोग जरुरी छ”, मुख्यमन्त्री आचार्यले भने, “यहाँका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरी पर्यटकलाई आकर्षित गराउन सकिन्छ । यस क्षेत्रको विश्वस्तरमा चर्चा परिचर्चा हुन जरुरी छ । विश्वको ध्यानाकर्षण गराउन सञ्चार क्षेत्रको योगदान अनिवार्य हुने भएकाले सहकार्य र समन्वय गरी अघि बढ्नुपर्छ ।” मुलुक बनाउन सबै नागरिकले आ–आफ्नो ठाउँबाट योगदान दिनुपर्ने धारणा राखे।

‘लुम्बिनीको विकास र समृद्धिका लागि सञ्चार क्षेत्रले निर्वाह गरेको उल्लेखनीय भूमिकाको प्रशंसा गर्दछु’, उनले भने, ‘समाजमा सकारात्मक सोचको विकास गर्न सञ्चारमाध्यम नीति, नियमको पालना गर्दै प्रभावकारी भूमिका खेल्नुपर्छ ।’

सञ्चारमाध्यमको सहयोगबिना लुम्बिनीको प्रचारप्रसार विश्वव्यापी बन्न नसक्ने बताउँदै मुख्यमन्त्री आचार्यले पर्यटन क्षेत्रका खबर जनजनसम्म पुर्‍याउन सञ्चारमाध्यमले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए । प्रदेशबाट टेलिभिजन र रेडियोको नवीकरण प्रक्रिया अघि बढाउन सङ्घीय सरकारसँग समन्वय भइरहेको उनले जानकारी दिए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री, मन्त्रीहरू, सङ्घीय सांसद, प्रदेश सांसद, देशभरका टेलिभिजन सञ्चालकलगायत सञ्चारकर्मीको सहभागिता छ ।
 

प्रकाशित मिति : १७ जेठ २०८२, शनिबार  ६ : ४७ बजे

आजका समाचार : गृहमन्त्रीको राजिनामामा अड्कियो संसद्, सिन्डिकेटका नाममा यातायात व्यवसायीको ज्यादती र भएन रुस युक्रेन युद्ध विराम 

बस्दै नबसी भोलिसम्मलाई सर्‍यो संसद् बैठकप्रतिनिधिसभाको बैठक बस्दै नबसी बुधबारसम्मका

मुस्ताङका चार पालिकामा ‘पूर्ण खोप सुनिश्चितता’

मुस्ताङ– यहाँको घरपझोङ गाउँपालिकासहित चार स्थानीय तहलाई  ‘पूर्ण खोप सुनिश्चितता

विपद् व्यवस्थापनमा क्रियाशील हुन गृहमन्त्रीको निर्देशन

काठमाडौं– गृहमन्त्री रमेश लेखकले सूचना संकलन एवं पूर्वानुमानलाई संवेदनशील रूपमा

सिन्डिकेटका लागि ‘राइड सेयरिङ’ विरोधी आन्दोलनलाई कसरी लिने ?

काठमाडौं- सरकार र यातायात व्यवसायीबीच २०७५ वैशाख २३ गते पाँच

संघको निर्देशनपछि गण्डकीमा राइड सेयरिङ नियमावली स्थगन 

पोखरा– गण्डकी प्रदेश सरकारले हालै लागू गरेको गण्डकी प्रदेश राइड