लुम्बिनीको समग्र विकासका लागि प्रचारप्रसारमा जोड दिनुपर्छ : मुख्यमन्त्री आचार्य « Khabarhub

लुम्बिनीको समग्र विकासका लागि प्रचारप्रसारमा जोड दिनुपर्छ : मुख्यमन्त्री आचार्य


१७ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको विकास र समृद्धिका लागि सञ्चार क्षेत्रले सर्ढटकीय सामग्री सम्प्रेषण गर्दै प्रचारप्रसारमा जोड दिनुपर्ने धारणा राखेका छन् ।

लुम्बिनीमा आजदेखि आयोजित टेलिभिजनको प्रथम राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै लुम्बिनी देवभूमि, तपोभूमि र ज्ञानभूमि भएकाले यसको प्रचारप्रसारमा सञ्चार क्षेत्रले सक्रियता देखाउनुपर्नेमा जोड दिए । उनले लुम्बिनीको महत्त्व अन्तरराष्ट्रियस्तरमा फैलाउन सञ्चारमाध्यमले महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै पर्यटन प्रवर्द्धनका लागि सामग्री सम्प्रेषण गर्नुपर्ने आवश्यकता औँल्याए।

“लुम्बिनी देवभूमि, ज्ञानभूमि र तपोभूमि हो । यसको महत्त्व विश्वभर फैलाउन सञ्चारमाध्यमको सहयोग जरुरी छ”, मुख्यमन्त्री आचार्यले भने, “यहाँका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरी पर्यटकलाई आकर्षित गराउन सकिन्छ । यस क्षेत्रको विश्वस्तरमा चर्चा परिचर्चा हुन जरुरी छ । विश्वको ध्यानाकर्षण गराउन सञ्चार क्षेत्रको योगदान अनिवार्य हुने भएकाले सहकार्य र समन्वय गरी अघि बढ्नुपर्छ ।” मुलुक बनाउन सबै नागरिकले आ–आफ्नो ठाउँबाट योगदान दिनुपर्ने धारणा राखे।

‘लुम्बिनीको विकास र समृद्धिका लागि सञ्चार क्षेत्रले निर्वाह गरेको उल्लेखनीय भूमिकाको प्रशंसा गर्दछु’, उनले भने, ‘समाजमा सकारात्मक सोचको विकास गर्न सञ्चारमाध्यम नीति, नियमको पालना गर्दै प्रभावकारी भूमिका खेल्नुपर्छ ।’

सञ्चारमाध्यमको सहयोगबिना लुम्बिनीको प्रचारप्रसार विश्वव्यापी बन्न नसक्ने बताउँदै मुख्यमन्त्री आचार्यले पर्यटन क्षेत्रका खबर जनजनसम्म पुर्‍याउन सञ्चारमाध्यमले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए । प्रदेशबाट टेलिभिजन र रेडियोको नवीकरण प्रक्रिया अघि बढाउन सङ्घीय सरकारसँग समन्वय भइरहेको उनले जानकारी दिए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री, मन्त्रीहरू, सङ्घीय सांसद, प्रदेश सांसद, देशभरका टेलिभिजन सञ्चालकलगायत सञ्चारकर्मीको सहभागिता छ ।
 

प्रकाशित मिति : १७ जेठ २०८२, शनिबार  ६ : ४७ बजे

बादलले बोलेका यी तीन शब्द रेकर्डबाट हटाउन लगाए सभामुखले

काठमाडौं- सभामुख डोलप्रसाद अर्यालले नेकपा एमाले संसदीय दलका नेता रामबहादुर

सरमत मिसाइल परीक्षणमा पुटिनको प्रशंसा

एजेन्सी– रुसले आफ्नो रणनीतिक क्षमतामा ठूलो उपलब्धि हासिल गरेको दाबी

हर्क भन्छन् : प्रधानमन्त्रीले संसद्‍बाट जनताका प्रश्नको उत्तर दिनु पर्छ

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्लाई औपचारिकतामा मात्रै

सांसद थापाको असंसदीय शब्द रेकर्डबाट हटाउन निर्देशन

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले नेकपा (एमाले)का संसदीय दलका नेता रामबहादुर

९ वर्षपछि ठूलो पर्दामा गरिमाको ‘कम ब्याक’, भुवनसँग जोडी

काठमाडौं – चरित्र नायिकाको छवि बनाएकी गरिमा शर्मा ९ वर्षको