च्याम्पियनसिपको उपाधिका लागि पिएसजी र इन्टर भिड्दै | Khabarhub Khabarhub

च्याम्पियनसिपको उपाधिका लागि पिएसजी र इन्टर भिड्दै


१७ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युइएफए च्याम्पियनसिपको उपाधिका लागि फ्रेन्च क्लब पेरिस सेन्टजर्मेन (पिएसजी) र इटालियन क्लब इन्टर मिलानबीच आज प्रतिस्पर्धा हुँदै छ । नेपाली समयअनुसार राति १२ः४५ बजे दुई टोलीबीचको उपाधि भिडन्त सुरु हुनेछ ।

युरोपेली फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता च्याम्पियन लिगको फाइनल जर्मनीको म्युनिख एलियान्ज एरिनामा हुनेछ ।

यसअघि नकआउट चरणमा लिभरपुललाई हराउँदै पिएसजीले फाइनलमा स्थान सुरक्षित गरेको थियो ।पिएसजी यसअघि २०२० मा फाइनल पुगेको थियो । त्यसबेला फाइनलमा बायर्न म्युनिखसँग पराजित भएको पिएसजीले उपविजेतामा चित्त बुझाउनु परेको थियो । यसपटक प्रशिक्षक लुइस एनरिकको नेतृत्वमा रहेको टोलीले लिग १ र फ्रेन्च कप जित्दै उत्कृष्ट प्रदर्शन गरेको छ।

च्याम्पियन्स लिगको यात्रामा पिएसजीले लिभरपुल, एस्टन भिला, र आर्सनल जस्ता सशक्त मानिएका टोलीलाई पराजित गरेका थियो । यो उपाधि जितेमा पिएसजीको पहिलो युरोपेली च्याम्पियन्स लिग उपाधि हुनेछ।

यस्तै इन्टर मिलानले यसअघि तीन पटक (१९६४, १९६५, २०१०) च्याम्पियन्स लिग जितेको छ। यसपटक, प्रशिक्षक सिमोने इन्जाघीको नेतृत्वमा, इन्टरले फेएनोर्ड, बायर्न म्युनिख, र बार्सिलोनालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। सेमिफाइनलमा बार्सिलोनासँग ६–६ को समग्र स्कोरपछि अतिरिक्त समयमा डाभिडे फ्राट्टेसीको गोलले इन्टरलाई फाइनलमा पुर्‍याएको थियो।

प्रकाशित मिति : १७ जेठ २०८२, शनिबार  ९ : ४० बजे

आरसीबीले जित्यो पहिलोपटक आईपीएलको उपाधि, मैदानमै रोए विराट कोहली

काठमाडौं – रोयल च्यालेन्जर्स बेंगलोर (आरसीबी) ले इन्डियन प्रिमियर लिग

नियमावली स्थगन निर्णयमा सेल्फ ड्राइभ तथा राइड सेयरिङ व्यवसायीको आपत्ति

पोखरा – गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ

आईपीएल फाइनल : आरसीबीले पञ्जाबलाई दियो १९१ रन लक्ष्य

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को १८ संस्करण फाइनलमा

ब्रम्होस क्षेप्यास्त्र सञ्चालन गर्ने फिलिपिन्सको तयारी अन्तिम चरणमा

काठमाडौं– फिलिपिन्सले भारतमा निर्मित ब्रम्होस क्षेप्यास्त्र सञ्चालन गर्ने तयारी अन्तिम

यातायात व्यवसायीले रोके आन्दोलन, गाडी चलाउने

काठमाडौँ – गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ नियमावली स्थगन