एमबाप्पेले छाडेकै सिजन पीएसजीले जित्यो युरोपेली च्याम्पियन्स लिगसहित चार उपाधि « Khabarhub

एमबाप्पेले छाडेकै सिजन पीएसजीले जित्यो युरोपेली च्याम्पियन्स लिगसहित चार उपाधि


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

पेरिस-पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च सुपरस्टार किलियन एमबाप्पेले छाडेकै पहिलो सिजनमा चार उपाधि उचालेको छ । फुटबलमा नयाँ इतिहास रच्दै पीएसजीले चार उपाधि जित्न सफल भएको हो ।

यो ऐतिहासिक उपलब्धि एमबाप्पेको बहुचर्चित रियल म्याड्रिड सरुवापछि हासिल भएको हो। विश्वकप जितिसकेका एम्बाप्पे च्याम्पियन्स लिगको उपाधि जित्नकै लागि पीएसजीबाट फ्रीमा रियल मड्रिड गएका थिए।

उनले पीएसजी छाड्दै रियल जाँदा फ्रेन्च क्लबको भविष्यमाथि प्रश्न उठाएका थिए । उनी कुनै बेला लियोनेल मेस्सी र नेयमारसहित पीएसजीबाट खेल्थे । तर ती दुवै खेलाडीसँग उनको सम्बन्ध राम्रो हुन सकेन ।

स्पेन जानुअघि उनले फ्रेन्च क्लबको भविष्यलाई लिएर गम्भीर शंका उठाएका थिए। तर प्रशिक्षक लुइस एनरिकेको नेतृत्वमा पीएसजीले एम्बाप्पेसहितका आलोचकहरूको मुख थुन्दै आफूलाई युरोपको प्रतिष्ठित उपाधिको हकदार बनाएको छ । पीएसजीले फ्रान्सको घरेलु फुटबलमा एकछत्र राज गरिरहेको अवस्थामा अब युरोपमा पनि रवाफ जमाएको छ ।

पीएसजीको उपाधि

लिग १ — उत्कृष्ट लयमा खेलेर पीएसजीले यसअघि नै ठूलो अंकको अन्तरसहित यो उपाधि चुमिसकेको छ ।

कूप दे फ्रान्स- फाइनलमा मार्सेइलाई सहजै हराउँदै पीएसजीले यो उपाधि उचाल्यो।

च्याम्पियन्स लिग- शनिबार राति म्युनिखमा भएको फाइनलमा इन्टर मिलानलाई ५–० ले हराउँदै ऐतिहासिक पहिलो युरोपियन उपाधि उचालेको छ ।

ट्रोफी दे च्याम्पियन- यो सिजनको सुरुवातमै जित हासिल गर्दै यो उपाधि चुमेको थियो ।

खाली हात एम्बाप्पे

फ्रेन्च सुपरस्टार किलियन एम्बाप्पे को आगमनसँगै रियल मड्रिडबाट धेरै आशा गरिएको थियो। तर उन पहिलो सिजन निराश भए । रियल मड्रिडले कुनै उपाधि जित्न सकेन ।

एम्बाप्पेले व्यक्तिगत प्रदर्शनतर्फ ला लिगाम ा३० खेलमा २४ गोल । ७ असिस्ट गरे । च्याम्पियन्स लिगका १० खेलमा ६ गोल गरे । समग्रमा ४४ खेलमा ३२ गोल र १० असिस्ट पहिलो सिजन उनको नामम रह्यो ।

उता एम्बाप्पे आएपछि रियल मड्रिडले कुनै उपाधि जित्न सकेन । ला लिगा बार्सिलोनाले जित्यो । च्याम्पियन्स लिगमा उसलाई आर्सनलले सेमिफाइनललका लागि भएको भिडन्तमा नराम्ररी हरायो । रियलल कोपा डेल रे पनि जित्न सकेन ।

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  ३ : ५३ बजे

प्रतिस्पर्धाबीच दलहरु संयम, झडप र गालीगलौज पनि चर्को सुनिएन !

काठमाडौं– विगतका संसदीय चुनावको तुलनामा यस पटकका कार्यक्रम तथा गतिविधिमा

मोरङ–६ मा शेखर कोइरालालाई विभिन्न दलले सघाउने

मोरङ– मोरङ क्षेत्र नं. ६ मा कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालालाई

दल र उम्मेदवारका प्रचार सामग्री आज रातिदेखि सञ्चारमाध्यमबाट हटाउन अनुरोध

काठमाडौं– विज्ञापन बोर्डले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल र

इरानको प्रत्याक्रणमा अर्का अमेरिकी सैनिकको मृत्यु, ज्यान गुमाउनेको संख्या ४ पुग्यो

कुवेत- संयुक्त अमेरिकी सेनाले इरानमाथि सुरु भएको अपरेशनदेखि हालसम्म चौथो

सुकुम्बासी बस्तीमा बालेनको डोजर आतंकले रास्वपालाई पार्न सक्छ समस्या

काठमाडौं- काठमाडौं महानगरपालिकाको मेयरका रुपमा काम गर्दा थापाथलीस्थित बागमती किनारसहिका