साइबेरियासहितका रुसी हवाइअड्डामा गरिएको ड्रोन आक्रमणबाट ४० बमवर्षक जहाज क्षतिग्रस्त : युक्रेन | Khabarhub Khabarhub

साइबेरियासहितका रुसी हवाइअड्डामा गरिएको ड्रोन आक्रमणबाट ४० बमवर्षक जहाज क्षतिग्रस्त : युक्रेन


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


771
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनले रुसी हवाइअड्डालाई लक्षित गरी व्यापक आक्रमण गरेको जनाएको छ । युक्रेनी सुरक्षा सेवा एसबीयूले रुसका विभिन्न सैन्य विमानस्थललाई लक्षित गरी व्यापक ड्रोन आक्रमण गरेको दाबी गरेको हो ।

ड्रोन आक्रमणका क्रममा ४० भन्दा धेरै रुसी बमवर्षक विमान क्षतिग्रस्त भएको एसबीयूले दाबी गरेको छ । किभ इन्डिपेन्डेन्टका अनुसार एसबीयूले रुसी विमानस्थलमा रहेका ‘रणनीतिक बमवर्षक विमान’ लाई लक्षित गरी ड्रोन आक्रमण गरिएको हो ।

घटनाबारे रुसी पक्षबाट कुनै टिप्पणी सार्वजनिक भइसकेको छैन । ध्वस्त भएका रुसी रणनीतिक विमानमा ए–५०, टीयू–९५ र टीयू–२२ एम३ रहेको स्रोतलाई उद्धृत गर्दै किभ इन्डिपेन्डेन्टले उल्लेख गरेको छ ।

समाचारमा जनाइएअनुसार युक्रेनले मंगोलियासँग सीमा जोडिएको साइबेरियाको इर्कुत्स्क ओब्लास्टमा रहेको बेलाया हवाई अड्डामा पनि आक्रमण गरेको छ ।

इर्कुत्स्कका गभर्नर इगोर कोभजेभले स्रेड्नी गाउँमा रहेको सैन्य एकाइमा ड्रोन आक्रमण भएको पुष्टि गरेको उक्त समाचार संस्थाले दाबी गरेको छ । इर्कुत्स्क ओब्लास्ट युक्रेनसँगको सीमाबाट ४ हजार किलोमिटर टाढा पर्छ ।

त्यसैगरी, युक्रेनले रुसको मुर्मान्स्कमा पनि आक्रमण गरेको जनाइएको छ । मुर्मान्स्क युक्रेनी सीमाबाट झण्डै २ हजार किलोमिटर उत्तरमा पर्छ ।

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  ५ : ४८ बजे

युक्रेनको स्वतन्त्रता दिवसमा रुसमाथि ड्रोन आक्रमण

किएभ– युक्रेनले आइतबार रुसमाथि ड्रोन आक्रमणको लहर सुरु गरेको छ

सुपादेउराली पुग्ने गोरुसिङ्गे-सन्धिखर्क स्तरोन्नतिपछि धार्मिक पर्यटक लाभान्वित

अर्घाखाँची– पूर्व-पश्चिम राजमार्गबाट अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क जोड्ने गोरुसिङ्गे-सन्धिखर्क सडक विस्तार तथा

१ करोड कट्यो त ‘माग्ने राजा’को व्यापार, अन्य दुईको हालत कस्तो ?

काठमाडौं – भदौ ६ बाट प्रदर्शनमा आएका तीन फिल्म मध्ये

नेप्से १८ अंकले घट्यो, कारोबार कति ? 

काठमाडौं– आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८ अंकले घटेको छ

युवा संघ नेपालका सह-संयोजक संजीव राई छ महिनाका लागि निलम्बन

काठमाडौं– युवा संघ नेपाल केन्द्रीय अनुशासन आयोगले सह–संयोजक संजीव राईलाई