यो भोटो कसको ? (तस्बिरहरू) « Khabarhub

यो भोटो कसको ? (तस्बिरहरू)


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

ललितपुर- वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथ जात्राको अन्तिम दिन आइतबार ललितपुरको जावलाखेलमा भोटो देखाइएको छ ।

मच्छिन्द्रनाथको रथ लगनखेलबाट तानेर जावलाखेल पुर्‍याइएको चौथो दिन भोटो देखाइएको हो ।

भोटो अवलोकन गर्न राष्ट्रपति रामचन्द्र पौडेलसँगै उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्च पदस्थ व्यक्ति जावलाखेल पुगेका थिए ।

कपडाको थैलीमा शिलबन्दी गरेर राखिएको मणिमणिक्य जडित भोटो अवलोकन गर्न जावलाखेलमा सर्वसाधारणको बाक्लो भीड लागेको थियो । भीडकाबीच गुठी संस्थानका प्रतिनिधिले भोटो देखाएका हुन् ।

त्यस अवसरमा राष्ट्रपति पौडेल र अन्य विशिष्ट व्यक्तिहरूले टीका र प्रसाद ग्रहण गरे । भोटो देखाएसँगै उपत्यकाको सबैभन्दा लामो जात्रा रातो मच्छिन्द्रनाथको रथयात्रा पनि सकिएको छ।

तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  ६ : ३५ बजे

इरानको आक्रमण बढेपछि सबै देशलाई रुसी तेल किन्ने बाटो खोल्न बाध्य भयो अमेरिका

मस्को– अमेरिका–इजरायल र इरानबीच जारी युद्धका कारण विश्व बजारमा कच्चा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट

जलाइएको सरकारी निवास बस्नै नमिल्ने (तस्बिरहरू) 

काठमाडौं– प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएसँगै केही दिनभित्रै नयाँ सरकार

पिताको निधनपछि अस्पताल पुगे ओली (तस्बिरहरू)

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिताको निधनपछि

ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु

मकवानपुर– हेटौँडा– नारायणगढ  सडकअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा आज बिहान ट्रक