चाउमिन धेरै खाँदा के हुन्छ ? « Khabarhub

चाउमिन धेरै खाँदा के हुन्छ ?


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चाउमिन नेपाली समाजमा सबैभन्दा धेरै रुचाइने खानेकुरा हो । बजारमा जताततै पाइने भएकाले बालबालिका, किशोरकिशोरी र युवापुस्तामा यसको क्रेज धेरै पाइन्छ ।

चाँडै तयार हुने, सस्तो र स्वादिलो पनि भएकाले सडकमा राखिएको ठेलादेखि ठूला रेस्टुरेन्टसम्म चाउमिन पाइन्छ । तर, स्वादको लोभमा धेरै चाउमिन खाँदा स्वास्थ्यमा गम्भीर असर पर्ने जोखिम पनि धेरै हुन्छ ।

जानकारहरुका अनुसार धेरै चाउमिन खाँदा पाचनसम्बन्धी धेरै किसिमका समस्या देखा पर्छन । त्यसबाहेक धेरै चाउमिन खाँदा दीर्घकालीन रोगहरू पनि लाग्न सक्छ । आज हामी चाउमिनमा हुने कस्ता तत्वले कस्तो रोग निम्त्याउँछन् भन्नेबारे जानकारी दिनेछौँ ।

१. अजिनोमोटो अर्थात् मोनोसोडियम ग्लुटामेट
मोनोसोडियम ग्लुटामेट एक रसायन हो जुन ‘अजिनोमोटो’ भनेर पनि चिनिन्छ । यो चाउमिनको स्वाद बढाउन प्रयोग गरिन्छ । तर, यसको अत्यधिक सेवनले पाचन प्रणालीमा गडबडी हुने, टाउको दुख्ने, घरिघरी भोक लाग्ने, र मस्तिष्कमा असर पुर्‍याउने खतरा हुन्छ । मोनोसोडियम ग्लुटामेटको अत्यधिक प्रयोगले ‘चाइनिज रेस्टुरेन्ट सिन्ड्रोम’ भनिने समस्या समेत निम्त्याउन सक्छ ।

२. अत्यधिक तेल
चाउमिन पकाउँदा प्रायः अत्यधिक तेल प्रयोग गरिन्छ, जुन बारम्बार तताइएको हुन्छ । यसले ट्रान्सफ्याट उत्पादन गर्छ, जुन शरीरमा जम्मा भएर कोलेस्ट्रोल बढाउने, रक्तनली थुनिने, र मुटु रोगको जोखिम बढाउँछ ।

३. सोडियमको मात्रा
चाउमिनमा नुन र सोया सस अत्यधिक प्रयोग गरिन्छ । यसमा सोडियमको मात्रा धेरै हुन्छ । यसले दीर्घकालीन रूपमा उच्च रक्तचाप , किड्नीको समस्या, र पानी अड्किने अवस्था निम्त्याउन सक्छ ।

४. प्रशोधित नुडल्स
प्रायः चाउमिन बनाउन प्रयोग गरिने नुडल्स प्रशोधित हुन्छन् । यिनमा प्रिजर्भेटिभ, कृत्रिम रङ, र रासायनिक तत्वहरू प्रयोग गरिएको हुन्छ । लामो समयसम्म यस्तो नुडल्स सेवन गर्दा क्यान्सरको खतरा समेत हुन जोखिम हुन्छ ।

५. मैदा
चाउमिनमा प्रयोग हुने मैदामा पोषक तत्व अत्यन्त न्यून हुन्छ । यसमा फाइबरको मात्रा पनि अत्यन्त कम हुने भएकाले नियमित सेवनले कब्जियत, ग्यास्ट्रिक, र पाचन समस्याहरू निम्त्याउन सक्छ ।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  १२ : २३ बजे

असार १५ गते ७५ लाख लिटर दही खपत हुने अनुमान

काठमाडौं– नेपाल डेरी एसोसिएसनले यस वर्ष असार १५ गते राष्ट्रिय

छ पदाधिकारीका लागि ३० भन्दा बढी आकांक्षी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य

कुमारी बैंक र नेसनल प्याथ ल्याबबीच सम्झौता

काठमाडौं– कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब एण्ड रिसर्च

नेपाल भलिबल लिगमा सहभागी हुने फ्रेन्चाइज भलिबल टीमको नाम सार्वजनिक

काठमाडौं– नेपाल भलिबल लिग (एनभीएल)मा सहभागी हुने फ्रेन्चाइज भलिबल टीमको

भेनेजुएला भूकम्प : ज्यान गुमाउनेको सङ्ख्या १ सय ६४ पुग्यो, ९ सय ७१ घाइते

काठमाडौं- दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा गएको विनाशकारी भूकम्पका कारण ज्यान