कुन समयमा इन्टाग्राममा पोस्ट गर्ने ? | Khabarhub Khabarhub

कुन समयमा इन्टाग्राममा पोस्ट गर्ने ?


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सामाजिक सञ्जालको जमानामा भाइरल भएर धेरै मानिस आफ्नो पहिचान बनाउन चाहन्छन् । सामाजिक सञ्जालको यो सूचीमा इन्स्टाग्राम पनि परेको छ, जुन आजकाल निकै चर्चित छ ।

मानिसहरूले आफ्नो फोटोहरू इन्स्टाग्राममा पोस्ट गर्छन् र रीलहरू पनि अपलोड गर्छन् । इन्स्टाग्राममा फोटो वा रील अपलोड गर्ने उत्तम समय कुन हो ? भन्नेबारे धेरैलाई जानकारी नहुन सक्छ ।

इन्स्टाग्राममा फोटोहरू पोस्ट गर्ने र रीलहरू अपलोड गर्ने सही समय तपाईंका दर्शक र समय क्षेत्रको आधारमा फरक हुन सक्छ ।

बिहान– बिहान ७ देखि ९ बजेको बीचमा पोस्ट गर्नको लागि राम्रो समय हुन सक्छ । किनकि धेरै मानिसहरूले बिहान आफ्नो सोशल मिडिया फिडहरू चेक गरिरहेका हुन्छन् ।

दिउँसो– १२ बजेतिर पनि पोस्ट गर्नु राम्रो हुन सक्छ । विशेष गरी यसबेला खाना सम्बन्धित सामग्री पोस्ट गर्नु उत्तम मानिन्छ ।

साँझ– साँझ ५ बजेदेखि ७ बजेको बीचमा पोस्ट गर्नु पनि राम्रो समय हुन सक्छ किनभने मानिसहरूले दिनभरीको काम सकेर सामाजिक सञ्जाल चेक गरिरहेका हुन्छन् ।

सप्ताहन्त- सप्ताहन्तमा पोस्ट गर्नु पनि प्रभावकारी हुन सक्छ किनभने मानिसहरूसँग सप्ताहन्तमा सोशल मिडिया ब्राउज गर्न अधिक खाली समय हुन्छ । शुक्रबार दिउँसो र शनिबार बिहान पोस्ट गर्न राम्रो समय हुन सक्छ।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ७ : २३ बजे

एमाले विधान महाधिवेशन : दोस्रो दिनको कार्यक्रम सुरु

ललितपुर : नेकपा एमालेको विधान महाधिवेशन अन्तर्गत दोस्रो दिनको कार्यक्रम

सामान्य दुर्घटनालाई लिएर विधान महाधिवेशन भाँड्न खोजियो : ओली

ललितपुर– नेकपा (एमाले) दोस्रो विधान महाधिवेशन दोस्रो दिनको बन्दसत्रमा आउने

आज नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण फुटबल हुँदै

काठमाडौं– अन्तर्राष्ट्रिय दुई मैत्रीपूर्ण फुटबलमा आज नेपाल र बंगलादेश खेल्दै

गण्डकीमा २४५ किलोमिटर पक्की सडक निर्माण

म्याग्दी– गण्डकी प्रदेशमा आर्थिक वर्ष २०८१–०८२ मा २४५ किलोमिटर सडक

सामाजिक सञ्जाल प्रतिबन्ध : मनोरञ्जन क्षेत्र चिन्तित

काठमाडौं – नेपाल सरकारले आफू मातहतका कार्यालयमा फेसबुक, युट्युब र