अर्थमन्त्री पौडेल र आइएमएफ मिसन प्रमुखबीच शिष्टाचार भेटवार्ता | Khabarhub Khabarhub

अर्थमन्त्री पौडेल र आइएमएफ मिसन प्रमुखबीच शिष्टाचार भेटवार्ता


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) मिसन प्रमुख सरवत जहानबीच शिष्टाचार भेटवार्ता भएको छ ।

आज अर्थ मन्त्रालयमा भएको भेटवार्तामा विस्तारित कर्जा सुविधा (एक्सटेन्डेड क्रेडिट फेसिलिटी– ईसीएफ) को छैटौँ समीक्षा, संरचनागत सुधारलगायतका विषयमा छलफल भएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

विदेशी मुद्रा सञ्चिति घटेर भुक्तानी सन्तुलन निकै कमजोर भएपछि नेपालले सन् २०२२ मा ३९ करोड ५९ लाख अमेरिकी डलर बराबरको ईसिएफ सुविधा लिएको थियो । 

जुन नेपालले पाउने स्पेशल ड्रइङ राइट (एडिआर) कोटाको १८० प्रतिशत बराबर हो । बजेट वित्तपोषण (बजेट फाइनान्सिङ) का लागि चार वर्षमा विभिन्न किस्तामा भुक्तानी गर्ने गरी आइएमएफले यो सुविधा उपलब्ध गराएको थियो । 

उक्त कर्जा सुविधाको छैटौँ समीक्षाका लागि आईएमएफ मिसन टोली नेपाल आएको हो ।
 

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  १२ : १९ बजे

सरकार बनेको एक महिनापछि दलहरूसँग संवाद गर्दै प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय दलका मुख्य नेताहरूसँग संवादका लागि

घट्यो सुनको मूल्य

काठमाडौं– सुनको मूल्य तोलामा चार हजार ८०० रुपैयाँले घटेको छ ।

असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छ : प्रचण्ड

ललितपुर– नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल

लहानमा ‘ओभरपास’ र्निर्माण पुनः सुरु

सिरहा– पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक विस्तारका क्रममा लहानमा तीन महिनादेखि

पर्यटकीय सम्भावनाको केन्द्र दाङको राजाकोट

दाङ– दाङको दङ्गीशरण गाउँपालिका–२ स्थित राजाकोट पछिल्लो समय पर्यटकको आकर्षण