कम्युनिस्ट एकताबारे उत्तरको धारणामा पूर्वराष्ट्रपति मौन, उद्योगमन्त्रीले भने : कांग्रेस-एमाले मिल्दा चीन खुसी छ « Khabarhub

कम्युनिस्ट एकताबारे उत्तरको धारणामा पूर्वराष्ट्रपति मौन, उद्योगमन्त्रीले भने : कांग्रेस-एमाले मिल्दा चीन खुसी छ


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


849
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको साताव्यापी भ्रमण सकेर सोमबार बिहान स्वदेश फर्किएकी छन्।

नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठ, नेता कर्णबहादुर थापा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसहित १५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी अघिल्लो शनिबार राति चीन गएकी थिइन ।

चीनबाट फर्किएपछि विमानस्थलमा पूर्वराष्ट्रपति भण्डारीले आफ्नो भ्रमण राम्रो भएको छोटो प्रतिक्रिया दिएकी छन् । उनले भ्रमण राम्रो र उपलब्धिमूलक रहेको उल्लेख गरिन् ।

तर उनले चीनमा उच्चस्तरको भेटवार्ताका क्रममा नेपालका कम्यनिस्टबीच एकता र आफू नेकपा एमालेको नेतृत्वमा फर्किने विषयमा कुरा भए नभएको केही खुलाइनन् ।

भण्डारीले भ्रमणबारे विस्तृत व्याख्या एमाले नेतासमेत रहेका उद्योगमन्त्री दामोदर भण्डारीले गर्ने भन्दै विमानस्थलबाट बाहिरिइन् ।

पूर्वराष्ट्रपति बाहिरिएपछि उद्योगमन्त्री भण्डारीले यो भ्रमणमा सरकार र पार्टीको सहभागिता भएका कारणले उपलब्धिमूलक भएको सुनाए ।

‘नेपालको प्रतिनिधित्व गरेर पुगेको हाम्रो टोलीलाई चीनको फोरममा उच्च सम्मान र सद्भाव मिल्यो । यस भ्रमणलाई सद्भावपूर्ण मान्न सकिन्छ’, उनले भने, ‘आर्थिक कूटनीति र सांस्कृति सम्बन्धलाई विकसित गर्ने हिसाबले पनि यो भ्रमणको महत्व छ । टोलीलाई सम्मान पनि चिनियाँ पक्षबाट प्रदान भएको छ ।’

भण्डारीले पूर्वराष्ट्रपतिको भ्रमणलाई कम्युनिस्ट एकता र एमालेको नेतृत्वमा फर्किने सन्दर्भमा जोडेर व्याख्या गर्न नहुने बताए । ‘अहिले त्यो सन्दर्भ भ्रमणसँग जोड्न हुँदैन । त्यसबारेमा पार्टी नेतृत्वले परमार्श पनि गर्छ । तर यो भ्रमण सद्भाव भ्रमण थियो’, उनले भने, ‘६० वटा मुलुक सहभागी सम्मेलनमा नेपालको प्रतिनिधित्व भएको छ । सरकार र पार्टी दुवैको प्रतिनिधित्व भएको छ ।’

उनले नेपालको हितका लागि छिमेकी मुलुक चीनले उच्च सम्मान व्यक्त गरेको पनि बताए । ‘चिनियाँ सरकारको तर्फबाट राम्रो स्वागत मिलेको छ। त्यसक्रममा भएको उच्चस्तरको छलफलमा दुई देशबीचको सम्बन्ध बलियो बनाउने विषयमा कुरा भएको छ’, उनले भने, ‘कांग्रेस र एमाले मिलेर देशको राजनीतिलाई स्थायित्व दिने प्रयास गरेकोमा चीनले खुसी व्यक्त गरेको छ । राजनीतिक स्थायित्वका लागि अहिलेको गठबन्धन ठीक छ भन्ने सन्देश आएको छ।’

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  १२ : २९ बजे

सरकारी तलब कार्यान्वयनको माग गर्दै नर्सहरू आन्दोलित 

काठमाडौं– कलंकीस्थित सहिद मेमोरियल अस्पतालका स्टाफ नर्सहरूले सरकारले तोकेको तलब

जेन-जीको बहिष्कारपछि सरकारले भन्यो : विगतका सहमति कार्यान्वयन हुँदैछन्

काठमाडौं– संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले जेन्जी

विद्यार्थी दिवस : विश्वविद्यालय स्वायत्तता र विद्यार्थी अधिकारको पक्षमा प्रदर्शन

काठमाडौं – विद्यार्थी दिवसको अवसरमा संयुक्त विद्यार्थी संगठनहरूले ‘प्रतिबन्धविरुद्ध प्रतिरोध

इरानबारे चीन पछि हटेको ट्रम्पको दाबी, तर भएन कुनै सहमति

बेइजिङ– अमेरिकी राष्ट्रपित डोनाल्ड ट्रम्पले चीनले इरानमाथि आफ्नो प्रभाव प्रयोग

माउण्टेन डिउको बिक्रीमा रोक  

काठमाडौं– सामाजिक सञ्जालमा एक उपभोक्ताले  माउण्टेन डिउ पिउँदा वाकवाकी लागेको