‘निजी गुण्टा, झिटी भारी’मा गरिएको कडाइले विमानस्थलमा सास्ती | Khabarhub Khabarhub

‘निजी गुण्टा, झिटी भारी’मा गरिएको कडाइले विमानस्थलमा सास्ती


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले विदेशबाट फर्किंने नेपाली नागरिकले ‘निजी गुण्टा, झिटी भारी’ निर्देशिकामा तोकिएभन्दा बढी सामान ल्याएमा जफत गर्न थालेएको छ । विदेशबाट फर्कने नेपालीले भन्सार जाँचमा कडाई गर्दै निर्देशिकाले तोकेभन्दा बढी सामान ल्याएमा जफत गर्न थालिएको हो ।

गत पौष महिनादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले विदेशबाट नेपालीले ल्याउने सामानमा कडाई गर्दै आएको छ । विदेशबाट घर बिदाको समयमा आउँदा वा स्वदेश फर्किंदा आफन्त र घर परिवारका लागि केही सामान लिएर आउने युवाको सामान एयरपोर्टमै जफत हुने थालेपछि दोस्रो व्यक्तिको साहारामा सामान ल्याउन थालिएको पाइएको छ ।

विषेशतः खाडीका देश, मलेसिया र कोरियालगायतका मुलुकबाट श्रम गरेर फर्किएका युवाले आफ्नो सामान जफत हुने हो कि भन्ने डरले दोस्रो व्यक्तिको सहयोगमा समान लिएर आउने गरेको पाइएको हो ।

विमानस्थलको आगमन कक्षमा भेटिएका इलामका मनोज अधिकारी कोरियाबाट घर विदामा फर्किदाँ धेरै समान भएपछि अर्को साथीका सहयोगमा समान लिएर आएको बताए । ‘घर विदामा आउने भएपछि धेरै समान किनियो तर, नेपाल आइसकेको साथीले धेरै समान लिएर नआउनु, विमानस्थलमा कडाई हुन्छ भनेपछि अर्को साथीलाई पर्खिएर आएँ ।’ उनले भने ‘जसोतसो ३ वटा मोवाइल र २ वटा ठूलो ३२ इच्चका टिभी साथीको सहयोगमा ल्याएँ ।’

विमानस्थलमै भेटिएका धरानका राजिव मगर ४ वर्ष कतारमा रोजगारी गरेर घर विदामा फर्किंदा उनले पनि सामान विमानस्थलबाट पास गराउँन साथीकै साहारा लिए । उनले ४ वटा मोवाइल र २ वटा ल्यापटप लिएर आएको बताए ।

यस्तै, मलेसियाबाट फर्किका काभ्रेका रामनाथ केसीले पनि साथीको सहयोगमा सरकारले तोकेभन्दा धेरै समान लिएर आएको बताए । घर विदामा आउने भएपछि उनले अघिल्लो महिना नयाँ वर्षको अफरमा किनेका ५ वटा मोवाइल १० वटा घडी ल्याएको बताए ।

उनीहरु जस्तै धेरै नेपाली विदेशबाट फर्किंदा दोस्रो व्यक्तिको सहयोगमा समान लिएर आउने गरेका छन् ।

विदेश घुम्न र वैदेशिक रोजगारबाट फर्केका नेपालीले के–कस्ता समान ल्याउदा भन्सार लाग्दैन भने जानकारी नहुँदा अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकम सास्ती खोप्नु परेको छ । सरकारले पनि यो विषयमा सम्बन्धित निकायबाट सूचना सम्प्रेषण गर्न नसक्दा विदेशबाट फर्किका नागरिकले दुःख पाइरहेका छन् ।

भन्सार लाग्न र नलाग्ने समान

सरकारले विदेशबाट स्वदेश फर्किने सवैलाई झिटिगुन्टा निर्देशिकाअनुसार मात्रै सामान ल्याउन आग्रह गरेको छ । झिटीगुन्टा निर्देशिकामा तोकिएको भन्दा बढी सामान ल्याएमा सिधै जफत गरिने प्राबधान छ । सोहीअनुरुप तोकिएभन्दा बढी सामान ल्याएमा विमानस्थलमा कर्मचारीले जफत गर्ने गरेका छन् ।

स्वदेश फर्किनेहरुले आफूले ल्याएको सामान विमानस्थलमा जफल हुन थालेपछि अहिले के सामानमा कर लाग्ने र के सामानमा छुट हुन्छ भन्ने विषय जनचासोको विषय बनेको छ ।

त्रिभुवन विमानस्थल, भन्सार कार्यालयका अनुसार विदेशबाट फर्केका यात्रुहरुले ल्याउने लुगाफाटा, विछ्यौना, घर गृहस्थीका पुराना सामानमा भन्सार लाग्दैन । यसैगरी औषधी उपचार गराएर फर्केका विरामीले ल्याएका औषधी–चिकित्सकले सिफारिस समानमा भन्सार छुट हुन्छ ।
यस्तै, ल्यापटप र कम्प्युटर वा ट्यावलेट, घडी, क्यामेरा, भिडियो क्यामेरा, सेलुलर–मोबाइल फोन र पेन ड्राइभ एक एक वटा ल्याउँदा पूर्ण भन्सार छुट हुन्छ ।

त्यसैगरी बच्चा राख्ने पेराम्बलेटर र ट्राइसाइकल एक–एक वटा ल्याउँदा पनि कुनै भन्सार तिर्नुपर्दैन ।  विमानस्थल भन्सार कार्यालयका अनुसार म्युजिक सिष्टम, रेफ्रिजेरेटर, वासिङ मेसिन, पंखा, रेडियो, सिडी प्लेयर र भिसिडी प्लेयर एक एक सेट समदर(विदेशमा किनेको मूल्य बरावर) भन्सार तिरेर ल्याउन पाइन्छ ।

विदेशबाट फर्किदाँ आफ्नो साथमा १ लिटरसम्मको एक बोतल मदिरा पनि भन्सार छुटमा ल्याउन पाउँछन् । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएर लगातार १२ महिना विदेशमा काम गरेर फर्केका नेपालीले एक पटकका लागि ल्याएको ३२ ईन्चको एउटा टीभीमा पनि भन्सार लाग्दैन । तर, सो भन्दा बढी इच्चको टिभी लिएर आए भन्सार तिर्नुपर्छ ।

विदेशबाट आउने व्यक्तिले ५० ग्रामसम्म सुनका गहना, ५ सय ग्रामसम्म चाँदीका गहना तथा एक लाख रुपैंयाँको जवाहरत जडित गहनामा भन्सार लाग्दैन । तर काँचो सुन ल्याएवापत आफूले ल्याएको १ सय ग्राम काँचो सुन मध्ये पहिलो ५० ग्रामसम्म प्रति १० ग्रामको ५ हजार रुपैंया र ५० ग्राम भन्दा माथिको प्रति १० ग्राम ६ हजार २ सयको दरले भन्सार तिर्नुपर्छ ।

यसअघि काँचो सुन विना भन्सार शुल्क ल्याउन पाउने व्यवस्थाका कारण युएई लगायतका मुलुकबाट सुन तस्करी बढेको निष्कर्ष सहित सरकारले चालू आर्थिक वर्षदेखि भन्सार शुल्क लगाउने व्यवस्था गरेको हो ।

शरिरमा लगाउने लुगाफाटा, जुत्ता, कस्मेटीक्स लगायत बढीमा १५ थान समदर भन्सार शुल्क तिरेर ल्याउन पाइन्छ । यस्तै, मिक्सर, जुसर, सिलाई मेसिन, राइसकुकर जस्ता समान दुई दुई थान समदरमा भन्सार शुल्क तिरेर ल्याउन पाइने बस्तु हुन् । १० किलोसम्म खाद्य परिकार, चिकित्सक, ईञ्जिनियर जस्ता पेशाकर्मीको दक्षता अभिवृद्धिका लागि आवश्यक पर्ने सामान दुई–दुई थान पनि समदरमा भन्सार शुल्क तिरेर ल्याउन पाइन्छ ।

तर विदेशमा प्रयोग गरी ल्याइएको सामान्य सामानहरु जस्तै रक्तचाप नाप्ने सामान्य यन्त्र, स्टेथेस्कोप, खेलाडीका लागि फूटवल, भलिवल, व्याडमण्टन सेट तथा गायक, गायिका, संगीतकारहरुको गितार, हारमोनियम, तवला जस्ता सामानको भन्सार शुल्क नतिरी ल्याउन पाइन्छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  १२ : ०८ बजे

बलर हावी खेलमा नेपालले स्कटल्याण्डलाई दुई विकेटले हरायो

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

नेपालविरुद्ध स्कटल्याण्डको पनि कसिलो बलिङ, १५.२ ओभरमा ६ विकेट लिएर दियो ७७ रन

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

संरक्षणकर्मीमाथि वालिङ-१० का वडाध्यक्षबाट साङ्घातिक आक्रमण

काठमाडौँ – आँधीखोला दोहनविरुद्ध आवाज उठाइरहेका संरक्षणकर्मी दिनकर नेपाल र

नेपालसामु ९७ रनमै समेटियो स्कटल्याण्ड

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

न्यायाधीशलाई मोसो दलिएको घटनामा पूर्वन्यायाधीश फोरमको आपत्ति

पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंह काठमाडौं– जनकपुर उच्च अदालतअन्तरगत वीरगञ्ज