एमालेमा ‘झोले’ अभियान, नेताहरू आफैंलाई भन्न थाले ‘म झोले’ « Khabarhub

एमालेमा ‘झोले’ अभियान, नेताहरू आफैंलाई भन्न थाले ‘म झोले’


१९ जेष्ठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले सामाजिक सञ्जाल ‘झोले’ अभियान चलाएको छ ।

पछिल्लो समय सर्वसाधारणले दल र दलका नेता–कार्यकर्ताविरुद्ध आक्रोश पोख्न ‘झोले’ शब्द प्रयोग गर्ने क्रम बढेपछि एमालेले ‘झोले’ अभियान चलाएको हो ।

अभियानअन्तर्गत प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो तस्बिरमा ‘म झोले हो’ लेखेर फेसबुकमा राखेका छन् ।

तस्बिरमा ‘एउटा सामन्ती परिवारको दास बन्नुभन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्स कयौं गुणा उत्तम चरित्र हो’ पनि लेखिएको छ ।

प्रधानमन्त्री ओलीले आफू ‘झोले’ भएको उल्लेख गर्दै फेसबुकमार्फत् ‘झोले’ भनेर लखेट्दैमा सत्य अँगाल्न नछोड्न आग्रह गरेका छन् । सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनु पर्ने उनको भनाइ छ ।

‘हिजोआज एउटालाई भगवान बनाउनु पर्‍यो भने सामूहिकतामा विश्वास राख्नेहरूलाई पहिले झोले भनेर लखेटिन्छ र समाजलाई भीडमा बदलिन्छ,’ स्टाटसमा भनिएको छ, ‘भीडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्छ । सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौँ । सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनु पर्छ ।’

प्रधानमन्त्री ओलीकै शैलीमा अर्थमन्त्री विष्णु पौडेलले पनि आफ्नो तस्बिर फेसबुमा राखेका छन् । यस्तै एमाले महासचिव शंकर पोखरेल, प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु रिमाल र युवा संघका नवनिर्वाचित अध्यक्ष क्षितिज थेवेले पनि आफूलाई फुसबुकमा ‘झोले’ भनेका छन् ।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, सोमबार  १ : ०५ बजे

चोभारको आदिनाथ मन्दिरमा एकमहिने मेला सुरु

काठमाडौँ– काठमाडौँ चोभारडाँडास्थित आदिनाथ मन्दिरमा लाग्ने एकमहिने मेला आजदेखि सुरु

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब बढी मौज्दात

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

अछामको रामारोशन किनिमिनी मैदानमा क्रिकेट प्रतियोगिता हुँदै

अछाम– सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित अछामको रामारोशन

दोस्रो झापा महिला गोल्डकप मङ्सिर ५ गतेदेखि

झापा– दोस्रो झापा महिला आमन्त्रण गोल्डकप फुटबल आगामी मङ्सिर ५

इलाममा बोलेरो दुर्घटना, चालकको मृत्यु

इलाम– इलाममा आज बिहान बोलेरो गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमा