दोलखामा सार्वजनिक सवारी ठप्प : निजीले उठाउँदै यात्रु  « Khabarhub

दोलखामा सार्वजनिक सवारी ठप्प : निजीले उठाउँदै यात्रु 


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


753
Shares
  • change font
  • change font
  • change font

दोलखा– सार्वजनिक यातायात व्यवसायीले देशभर गरेको सार्वजनिक यातायातका सवारी बन्दको प्रभाव दोलखामा पनि देखिएको छ ।

सोमबार बिहान देखिनै लामोसाँघु जिरी राजमार्ग हुँदै चरिकोट-काठमाडौ र  पुष्पलाल राजमार्ग हुँदै रामेछाप खुर्कोट- तराई चल्ने कुनै पनि सवारीका साधन नचले पछि निजी सवारीले यात्रु बोक्न थालेका छन् ।

दोलखामा नियमित चल्ने यात्रुवाहक बस तथा समितिमा आबद्ध साना सवारी ठप्प भए पनि निजी सवारीले विभिन्न स्थानबाट यात्रुलाई गन्तव्यसम्म पुर्‍याउन थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका ट्राफिक प्रमुख ठाकुरप्रसाद भट्टराईले बताए ।

दोलखा चल्ने दुई ठुला यातायात व्यवसायी संस्था पुर्वअरनि र रोल्वालिङ मार्फत चल्ने सबै सवारीका यात्रुवाहक ठप्प भए पनि मालवाहक सवारी र निजी सवारी भने चलिरहेको उनले जानकारी दिए । आइतबार नै बन्दको सूचना पाएकाले सडक तथा बजार क्षेत्रमा खासै यात्रुको चाप पनि नदेखिएको उनले बताए ।

सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बस्ने निर्णय भएसँगै सोमबार दोलखामा सामान्य यात्रुबाहेक अन्य यात्रामा ननिस्किएको पाइएको हो । –सुबास बस्नेत/दोलखा

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  १ : २१ बजे

मन्त्री पुनको फेसबुक स्टाटसमा जेन-जीहरुको कमेन्ट : ‘लाचार अभियन्ता !’

काठमाडौं- सामाजिक सञ्जालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको पोस्टलाई

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

नयाँदिल्ली– उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो