दोलखामा सार्वजनिक सवारी ठप्प : निजीले उठाउँदै यात्रु  « Khabarhub

दोलखामा सार्वजनिक सवारी ठप्प : निजीले उठाउँदै यात्रु 


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


753
Shares
  • change font
  • change font
  • change font

दोलखा– सार्वजनिक यातायात व्यवसायीले देशभर गरेको सार्वजनिक यातायातका सवारी बन्दको प्रभाव दोलखामा पनि देखिएको छ ।

सोमबार बिहान देखिनै लामोसाँघु जिरी राजमार्ग हुँदै चरिकोट-काठमाडौ र  पुष्पलाल राजमार्ग हुँदै रामेछाप खुर्कोट- तराई चल्ने कुनै पनि सवारीका साधन नचले पछि निजी सवारीले यात्रु बोक्न थालेका छन् ।

दोलखामा नियमित चल्ने यात्रुवाहक बस तथा समितिमा आबद्ध साना सवारी ठप्प भए पनि निजी सवारीले विभिन्न स्थानबाट यात्रुलाई गन्तव्यसम्म पुर्‍याउन थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका ट्राफिक प्रमुख ठाकुरप्रसाद भट्टराईले बताए ।

दोलखा चल्ने दुई ठुला यातायात व्यवसायी संस्था पुर्वअरनि र रोल्वालिङ मार्फत चल्ने सबै सवारीका यात्रुवाहक ठप्प भए पनि मालवाहक सवारी र निजी सवारी भने चलिरहेको उनले जानकारी दिए । आइतबार नै बन्दको सूचना पाएकाले सडक तथा बजार क्षेत्रमा खासै यात्रुको चाप पनि नदेखिएको उनले बताए ।

सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बस्ने निर्णय भएसँगै सोमबार दोलखामा सामान्य यात्रुबाहेक अन्य यात्रामा ननिस्किएको पाइएको हो । –सुबास बस्नेत/दोलखा

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  १ : २१ बजे

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन