प्रतिबन्ध फुकुवा गर्ने औपचारिक सुनिश्चितताका लागि अमेरिकासँग इरानको माग « Khabarhub

प्रतिबन्ध फुकुवा गर्ने औपचारिक सुनिश्चितताका लागि अमेरिकासँग इरानको माग


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानले आफ्नो आणविक कार्यक्रमलाई लिएर जारी वार्तामा प्रतिबन्ध फुकुवा गर्ने औपचारिक सुनिश्चतता गर्न अमेरिकासँग आग्रह गरेको छ ।

विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले तेहरानमा आयोजित पत्रकार सम्मेलनमा भने, “हामी अमेरिकासँगबाट यो सुनिश्चत हुन चाहन्छौँ कि आणविक प्रतिबन्धहरू प्रभावकारी रूपमा हटाइने छ ।”

“अहिलेसम्म अमेरिकी पक्षले यस विषयमा स्पष्ट पार्न चाहेको छैन,” उनले भने ।

संयुक्त राष्ट्रसङ्घको एक प्रतिवेदनमा इरानले युरेनियमको उत्पादन ६० प्रतिशतसम्म बढेको देखाएपछि ट्रम्पको यो टिप्पणी आएको हो ।

आणविक वार्तामा सहभागी अमेरिकी राजदूतले गत महिना ट्रम्पको प्रशासनले कुनै पनि संवद्र्धनको विरोध गर्ने बताएका थिए ।

स्टीव विटकोफले ब्रेइटबार्ट न्यूजसँग भने, “इरानमा फेरि कहिल्यै पनि संवद्र्धन कार्यक्रम अस्तित्वमा नआउने सुनिश्चितता हुनुपर्ने हाम्रो अन्तिम शर्त हो । इरानमा कुनै संवर्धन हुनेछैन ।”

इरानले आफ्नो आणविक कार्यक्रमबारे ‘सम्झौतासहित वा बिना सम्झौता’ युरेनियम संवद्र्धन जारी राख्ने प्रतिबद्धता जनाएको छ ।

“संयुक्त राज्य अमेरिकाले इरानलाई आणविक सम्झौताको प्रस्ताव पठाएको छ जसलाई ह्वाइट हाउसले इरानको ‘सर्वोत्तम हितमा’ रहेको प्रस्ताव भन्दै स्वीकार गर्न भनेको छ,” अमेरिकी सञ्चार माध्यमहरूले शनिबार रिपोर्ट गरेका छन्।

न्यूयोर्क टाइम्सले अमेरिकी कूटनीतिक आदानप्रदानसँग परिचित अधिकारीहरूलाई उद्धृत गर्दै भनेको छ, “यो प्रस्तावले इरानलाई सबै प्रकारका संवद्र्धन रोक्न आह्वान गरेको छ र आणविक शक्ति उत्पादनका लागि क्षेत्रीय समूह गठन गर्न सुझाव दिएको छ।”

ट्रम्पले आफ्नो पहिलो कार्यकाल सन् २०१८ मा अमेरिका बाहिरिएको प्रमुख शक्ति राष्ट्रसँगको सम्झौतालाई प्रतिस्थापन गर्न नयाँ सम्झौताको खोजीमा इरान र अमेरिकाबीच पाँच चरणको वार्ता भइसकेको छ ।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ३ : ११ बजे

अस्ट्रेलियामा नेपाल ‘ए’ को परीक्षा: कुनकुन देशको टिमसँग हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौँ – अस्ट्रेलियामा सञ्चालन हुने ‘टप एन्ड टी–२०’ सिरिजका लागि

आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा

काठमाडौँ – श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ १ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६