प्रतिबन्ध फुकुवा गर्ने औपचारिक सुनिश्चितताका लागि अमेरिकासँग इरानको माग « Khabarhub

प्रतिबन्ध फुकुवा गर्ने औपचारिक सुनिश्चितताका लागि अमेरिकासँग इरानको माग


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानले आफ्नो आणविक कार्यक्रमलाई लिएर जारी वार्तामा प्रतिबन्ध फुकुवा गर्ने औपचारिक सुनिश्चतता गर्न अमेरिकासँग आग्रह गरेको छ ।

विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले तेहरानमा आयोजित पत्रकार सम्मेलनमा भने, “हामी अमेरिकासँगबाट यो सुनिश्चत हुन चाहन्छौँ कि आणविक प्रतिबन्धहरू प्रभावकारी रूपमा हटाइने छ ।”

“अहिलेसम्म अमेरिकी पक्षले यस विषयमा स्पष्ट पार्न चाहेको छैन,” उनले भने ।

संयुक्त राष्ट्रसङ्घको एक प्रतिवेदनमा इरानले युरेनियमको उत्पादन ६० प्रतिशतसम्म बढेको देखाएपछि ट्रम्पको यो टिप्पणी आएको हो ।

आणविक वार्तामा सहभागी अमेरिकी राजदूतले गत महिना ट्रम्पको प्रशासनले कुनै पनि संवद्र्धनको विरोध गर्ने बताएका थिए ।

स्टीव विटकोफले ब्रेइटबार्ट न्यूजसँग भने, “इरानमा फेरि कहिल्यै पनि संवद्र्धन कार्यक्रम अस्तित्वमा नआउने सुनिश्चितता हुनुपर्ने हाम्रो अन्तिम शर्त हो । इरानमा कुनै संवर्धन हुनेछैन ।”

इरानले आफ्नो आणविक कार्यक्रमबारे ‘सम्झौतासहित वा बिना सम्झौता’ युरेनियम संवद्र्धन जारी राख्ने प्रतिबद्धता जनाएको छ ।

“संयुक्त राज्य अमेरिकाले इरानलाई आणविक सम्झौताको प्रस्ताव पठाएको छ जसलाई ह्वाइट हाउसले इरानको ‘सर्वोत्तम हितमा’ रहेको प्रस्ताव भन्दै स्वीकार गर्न भनेको छ,” अमेरिकी सञ्चार माध्यमहरूले शनिबार रिपोर्ट गरेका छन्।

न्यूयोर्क टाइम्सले अमेरिकी कूटनीतिक आदानप्रदानसँग परिचित अधिकारीहरूलाई उद्धृत गर्दै भनेको छ, “यो प्रस्तावले इरानलाई सबै प्रकारका संवद्र्धन रोक्न आह्वान गरेको छ र आणविक शक्ति उत्पादनका लागि क्षेत्रीय समूह गठन गर्न सुझाव दिएको छ।”

ट्रम्पले आफ्नो पहिलो कार्यकाल सन् २०१८ मा अमेरिका बाहिरिएको प्रमुख शक्ति राष्ट्रसँगको सम्झौतालाई प्रतिस्थापन गर्न नयाँ सम्झौताको खोजीमा इरान र अमेरिकाबीच पाँच चरणको वार्ता भइसकेको छ ।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ३ : ११ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते