आईएईएका निर्देशक र इरानी कुटनीतिज्ञबीच कायरोमा भेटवार्ता « Khabarhub

आईएईएका निर्देशक र इरानी कुटनीतिज्ञबीच कायरोमा भेटवार्ता


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

एजेनसी– इरानका शीर्ष कूटनीतिज्ञ र आणविक कार्यक्रमका प्रमुख वार्ताकारले सोमबार कायरोमा अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आईएईए) का निर्देशकसँग भेटवार्ता गर्ने इजिप्टको विदेश मन्त्रालयले जनाएको छ ।

त्रिपक्षीय बैठक इरानका विदेश मन्त्री अब्बास अराघची, उनका इजिप्टका समकक्षी बद्र अब्देलट्टी र आइइएका प्रमुख राफेल ग्रोसीबीच हुने मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको हो ।

इरानले आणविक हतियारका लागि आवश्यक युरेनियमको भण्डारण बढाएर ६० प्रतिशत बनाएको संयुक्त राष्ट्रसङ्घीय निकायको प्रतिवेदन सार्वजनिक भएपछि उनीहरूबीच भेट वार्ता हुन लागेको हो ।  

कायरोको भ्रमणका क्रममा अराघचीले इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल सिसीलाई भेट्ने योजना पनि बनाएको जनाइएको छ । उनले ओमानको मध्यस्थतामा पाँच चरणको वार्तापछि सम्भावित आणविक सम्झौताको लागि अमेरिकाबाट प्रस्ताव प्राप्त भएको बताएका छन् । 
 

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ३ : ५३ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा