एनसेल फाउन्डेसनको सहकार्यमा आइसिटी ज्ञान कार्यक्रम सातै प्रदेशमा जारी, कोशी र मधेशमा समापन « Khabarhub

एनसेल फाउन्डेसनको सहकार्यमा आइसिटी ज्ञान कार्यक्रम सातै प्रदेशमा जारी, कोशी र मधेशमा समापन


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइसिटी फाउन्डेसन नेपाल र एनसेल फाउन्डेसनको संयुक्त आयोजनामा सातै प्रदेशमा डिजिटल साक्षरता कार्यक्रम सुरू भएको छ । 

कार्यक्रममा विद्यालयका, महिला समूह, कृषि व्यवसायी, युवा उद्यमी र स्थानीय सरकारका प्रतिनिधिलाई लक्षित गरी डिजिटल सीप र प्रविधि उपयोगका विविध विषयमा प्रशिक्षण प्रदान गरिने छ । 

 यस अन्तर्गत कोशी र मधेश प्रदेशमा डिजिटल साक्षरता कार्यक्रम सम्पन्न भएको छ । कोशी र मधेशको डिजिटल साक्षरता कार्यक्रममा ५०० बढीको सहभागिता रहेको थियो ।

कोशी प्रदेशका मोरङ र सुनसरी जिल्लामा डिजिटल आधारभूत तालिम र साइबर सुरक्षासम्बन्धी कार्यक्रम सञ्चालन गरिएको थियो भने मधेश प्रदेशको सप्तरी र सर्लाही जिल्लामा मोबाइल बैङ्किङ र अनलाइन पेमेन्ट प्रणालीको प्रयोग प्रवर्द्धनमा साक्षरता कार्यक्रम सञ्चालन गरिएको थियो ।

एनसेल फाउन्डेसन एन्ड स्पेशल प्रोजेक्ट डाईरेक्टर विशाखा लक्ष्मी खड्काले आइसिटी ज्ञान पहलले डिजिटल रूपान्तरणको युगमा सचेतना जगाउने र डिजिटल खाडललाई अन्त्य गर्न पुलको काम गर्ने बताइन् ।

‘आइसिटी ज्ञान पहल डिजिटल रूपान्तरणको यस युगमा सबैलाई सँगै अगाडि बढाउने र डिजिटल खाडललाई पूरा गर्ने हाम्रो प्रतिबद्धताको प्रतीक हो,’ उनले भनिन, ‘यस ग्रासरूटस्तरको कार्यक्रममार्फत, हामी विभिन्न आवश्यक डिजिटल ज्ञान र सीप प्रदान गर्दैछौँ, जसले गर्दा सहभागीहरू नेपालको डिजिटल भविष्यमा सक्रिय रूपमा सहभागी हुन सक्छन् ।’

एनसेल फाउन्डेसनको सामाजिक उत्तरदायित्व कार्यक्रमको रूपमा अगाडि बढेको डिजिटल साक्षरता कार्यक्रम कोशी र मधेशपछि क्रमशः अन्य प्रदेशमा पनि सञ्चालन हुनेछ ।

कार्यक्रम अन्तर्गत बागमती प्रदेशको दोलखा र सिन्धुपाल्चोकमा सामाजिक सञ्जाल व्यवस्थापन र डेटा गोपनीयतासम्बन्धी तालिम दिइने छ भने गण्डकी प्रदेशमा स्याङ्जा र मनाङ जिल्लामा क्लाउड सेवा र डिजिटल उद्यमिताका उत्कृष्ट अभ्यासहरू अघि बढाइने छ ।

त्यसैगरी लुम्बिनी प्रदेशको बाँके र प्युठानमा कृषि डिजिटलाइजेशन तथा कृषक मोबाइल एप्सको प्रयोग विस्तारमा, कर्णाली प्रदेशको दैलेख र सल्यानमा विद्युतीय सुशासन प्रणाली र डिजिटल वित्तीय समावेशीतामा तथा सुदूरपश्चिम प्रदेशका अछाम र कैलाली जिल्लामा सरकारी सेवा ई–गभर्नेन्स र अनलाइन प्लेटफर्मका विषयमा साक्षरता दिइने छ ।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ४ : ३६ बजे

लुम्बिनी प्रदेश मुख्यमन्त्री कप पुरुष भलिबलको उपाधि गुल्मीलाई

घोराही– दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि

इरानी र अमेरिकी प्रतिनिधिमण्डलसँग पाकिस्तानी प्रधानमन्त्रीको छुट्टाछुट्टै भेटवार्ता

इस्लामावाद– इरानी प्रतिनिधिमण्डलले शनिबार पाकिस्तानका प्रधानमन्त्रीलाई भेटेर उपराष्ट्रपति जेडी भान्सको

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रूपन्देहीलाई

घोराही– यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल

इरानी प्रतिनिधिमण्डल सवार विमानमा अमेरिकी हमलामा मारिएका विद्यार्थीको तस्बिर र झोला

काठमाडौं- अमेरिकी र इरानी अधिकारीहरूबीच उच्चस्तरीय शान्ति वार्ताको तयारी भइरहँदा

संविधान र राष्ट्रिय हितमा आँच आए सडक र सदनबाट प्रतिवाद गर्छौं : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि छेडखानी