माओवादीको निष्कर्ष- भिजिट भिसा प्रकरणमा छानबिनका लागि गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्छ « Khabarhub

माओवादीको निष्कर्ष- भिजिट भिसा प्रकरणमा छानबिनका लागि गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्छ


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा छानबिनका लागि गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको छ ।  

सिंहदरबारमा सोमबार बसेको माओवादी संसदीय दल बैठकले भिजिट भिसा प्रकरणमा सेटिङ भएको प्रष्ट देखिएकाले छानबिनका लागि गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्छ भन्ने दलको निष्कर्ष रहेको माओवादी उपमहासचिव बर्षमान पुनले जानकारी दिए ।

अहिलेसम्मको परिस्थिति हेर्दा गृहमन्त्रीको राजीनामाको अडानबाट पछि हट्न नसक्ने उनले बताए । उपमहासचिव पुनले गृहमन्त्रीले राजीनामा दिनुपर्छ भनेर विपक्षीले मात्रै नभई आम सञ्चारमाध्यम र जनसमुदायले नै भनिरहेको अवस्थामा गृहमन्त्रीले छानबिनमा सहयोग गर्नुपर्ने उल्लेख गरे ।

मंगलबार संसद् बैठक भन्दा अगाडी विपक्षी दलको बैठक बसेर थप रणनीति तय गर्ने उनले बताए । 

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ४ : ४३ बजे

टोकियो क्षेत्रमा भूकम्पको धक्का, ३७ जना घाइते

टोकियो– जापानको पूर्वी क्षेत्रमा आइतबार बिहान पाँच दशमलव नौ म्याग्निच्युडको

मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

काठमाडौँ– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बाजुराको बडिमालिकामा यही भदौ

सुनको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

देशका विभिन्न ठाउँमा पहिरोले विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

गाडीको ठक्करबाट आमाछोरीको मृत्यु

रुकुम पश्चिम – सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी लोकमार्गमा गाडीको ठक्करबाट