माओवादीको निष्कर्ष- भिजिट भिसा प्रकरणमा छानबिनका लागि गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्छ « Khabarhub

माओवादीको निष्कर्ष- भिजिट भिसा प्रकरणमा छानबिनका लागि गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्छ


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा छानबिनका लागि गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको छ ।  

सिंहदरबारमा सोमबार बसेको माओवादी संसदीय दल बैठकले भिजिट भिसा प्रकरणमा सेटिङ भएको प्रष्ट देखिएकाले छानबिनका लागि गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्छ भन्ने दलको निष्कर्ष रहेको माओवादी उपमहासचिव बर्षमान पुनले जानकारी दिए ।

अहिलेसम्मको परिस्थिति हेर्दा गृहमन्त्रीको राजीनामाको अडानबाट पछि हट्न नसक्ने उनले बताए । उपमहासचिव पुनले गृहमन्त्रीले राजीनामा दिनुपर्छ भनेर विपक्षीले मात्रै नभई आम सञ्चारमाध्यम र जनसमुदायले नै भनिरहेको अवस्थामा गृहमन्त्रीले छानबिनमा सहयोग गर्नुपर्ने उल्लेख गरे ।

मंगलबार संसद् बैठक भन्दा अगाडी विपक्षी दलको बैठक बसेर थप रणनीति तय गर्ने उनले बताए । 

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ४ : ४३ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ