प्राथमिकताको आधारमा बजेट विनियोजन होस् : कांग्रेस सुदूरपश्चिम  « Khabarhub

प्राथमिकताको आधारमा बजेट विनियोजन होस् : कांग्रेस सुदूरपश्चिम 


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

धनगढी– नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश सरकारलाई प्राथमिकताको आधारमा आगामी आर्थिक वर्ष २०८२-०८३ को बजेट विनियोजन गर्न आग्रह गरेको छ ।

कांग्रेस सुदूरपश्चिम कार्यसमितिको सोमबार बसेको पदाधिकारी बैठकले प्रदेश सरकारलाई पहुँचको आधारमा बजेट विनियोजन नगर्न सचेत गराएको हो । 

पार्टीका प्रवक्ता सुरतबहादुर रावतले पहुँच र सिफारिसका आधारमा बजेट विनियोजन गरिँदा विकास असमान हुने भएकाले स्थानीय माग र वास्तविक आवश्यकताको आधारमा योजनाहरू निर्धारण गर्नुपर्ने माग बैठकले गरेको बताए ।

कार्यवाहक सभापति लोकराज अवस्थीको अध्यक्षतामा बसेको बैठकले बजेट विनियोजन गर्दा दैवी प्रकोप, अति विपन्नता, सीपमूलक आयआर्जन, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र खानेपानीजस्ता विषयलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएको छ ।

कांग्रेसले प्रदेश सरकारसँग मानव जीवनको दैनिकीसँग जोडिएका कार्यक्रमहरूलाई प्राथमिकता दिँदै अति विपन्न वर्गको आयमूलक तथा सीप विकास कार्यक्रममा बढी जोड दिन आग्रह गरेको छ ।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ४ : ५१ बजे

यान्त्रिक अवस्था ठीक नभएका १७ सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं– काठमाडौँ उपत्यकामा सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षालाई प्रभावकारी

पेशाकर्मीलाई अपराधीकै शैलीमा नियन्त्रणमा लिँदा बैंकिङ क्षेत्र त्रसित : सीबीफीन

काठमाडौं– पेशाकर्मीलाई अपराधीकै शैलीमा नियन्त्रणमा लिँदा बैंकिङ क्षेत्र त्रसित भएको

भारत र यूएईबीच एलपीजी ग्यास आपूर्ति सम्झौता, मोदीलाई एफ-१६ फाइटर जेटले दिए सुरक्षा

नयाँ दिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यूएई भ्रमणका क्रममा शुक्रबार

‘एक मुठ्ठी बादल’ र ‘लाइफ ड्यामेज’ प्रदर्शनमा आएसँगै हलमा ६ नेपाली फिल्म

काठमाडौं – नायिका आँचल शर्मा स्टारर फिल्म ‘एक मुठ्ठी बादल’

चितवनमा डेंगु र स्क्रब टाइफसका संक्रमित बढे

चितवन– चितवनमा डेंगु र स्क्रब टाइफस संक्रमण बढ्दो क्रममा देखिएको