बोर्ड अध्यक्ष हुमागाईंले भने- राष्ट्रिय विज्ञापन नीति जारी गर्छु « Khabarhub

बोर्ड अध्यक्ष हुमागाईंले भने- राष्ट्रिय विज्ञापन नीति जारी गर्छु


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले पदभार ग्रहण गरेका छन्  ।  

सोमबार बोर्डको कार्यालय पुगेर अध्यक्ष हुमागाईंले पदभार ग्रहण गरेका हुन् । मन्त्रीपरिषद्को जेठ १२ गते बसेको बैठकले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।

पदभार ग्रहण गर्दै अध्यक्ष हुमागाईंले आफूले अघिल्लो कार्यकालमा थालनी गरेको राष्ट्रिय विज्ञापन नीति जारी गर्ने, विज्ञापन ऐन संशोधन लगायतका काम सम्पन्न गर्ने बताए ।

उनले घट्दो विज्ञापन बजार चासो र चिन्ताको विषय भएकाले यसको बजारको विकास र विस्तारको प्रयास गर्ने उल्लेख गरे । 

सामाजिक सञ्जालमा हुने विज्ञापनलाई नियमनको दायरामा ल्याउने भन्दै उनले ऐन सम्बोधनका समयमा त्यसमा उचित सम्बोधन हुने जिकिर गरे । 

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ५ : ३१ बजे

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा

देवघाटलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिँदै

चितवन– देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको