नरेन्द्र मोदीको ‘स्टाइल’ पच्छ्याउँदै केपी ओली | Khabarhub Khabarhub

नरेन्द्र मोदीको ‘स्टाइल’ पच्छ्याउँदै केपी ओली


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिणी छिमेकी मुलुक भारतमा सन् २०१९ मा सम्पन्न लोकसभा चुनावअघि प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (भाजपा) ले ‘मै भि चौकीदार’ (म पनि चौकीदार) अभियान चलाएको थियो । विपक्षी दल कांग्रेसले प्रधानमन्त्री मोदीलाई लक्षित गरेर चुनावभन्दा झण्डै दुई वर्षअघिबाट ‘चौकीदार चोर हे’ (चौकीदार चोर हो) अभियान सञ्चालन गरेको थियो ।

विषेश गरी कांग्रेस नेता राहुल गान्धीले फ्रान्सेली लडाकू विमान राफेलको खरिदमा भ्रष्टाचार भएको दावीसहित प्रधानमन्त्री मोदीलाई ‘चोर’को संज्ञा दिन ‘चौकीदार चोर हे’ को नाराको सुरुवात गरेका थिए । त्यसअघि प्रधानमन्त्री मोदी आफूलाई देशको चौकीदार भन्न रुचाउँथे । कांग्रेसको नारालाई ‘काउन्टर’ दिन भाजपाले लोकसभा चुनावको मुखैमा ‘मै भि चौकीदार’ अभियानको थालनी गरेको थियो ।

तत्कालीन समयमा प्रधानमन्त्री मोदीसँगै भाजपाका नेताहरू आ–आफ्ना तस्बिरहरू सामाजिक सञ्जालमा राख्दै लेखिरहेका थिए– ‘मै भि चौकीदार’ । त्यसकै सिको गर्दै अहिले नेपालमा शासन सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमालेले सोमबारबाट सामाजिक सञ्जाल फेसबुकमार्फत् ‘झोले’ अभियान सञ्चालन गरेको छ । पछिल्लो समय सर्वसाधारणले दल र दलका नेता–कार्यकर्ताविरुद्ध आक्रोश पोख्न ‘झोले’ शब्द प्रयोग गर्ने क्रम बढेपछि एमालेले ‘झोले’ अभियान चलाएको हो ।

अभियानअन्तर्गत प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो तस्बिरमा ‘म झोले हो’ लेखेर फेसबुकमा राखेका छन् । तस्बिरमा ‘एउटा सामन्ती परिवारको दास बन्नुभन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्न कयौं गुणा उत्तम चरित्र हो’ पनि लेखिएको छ । प्रधानमन्त्री ओलीकै शैलीमा अर्थमन्त्री विष्णु पौडेलले पनि आफ्नो तस्बिर फेसबुमा राखेका छन् ।

यस्तै एमाले महासचिव शंकर पोखरेल, प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु रिमाल र युवा संघका नवनिर्वाचित अध्यक्ष क्षितिज थेवेले पनि आफूलाई फेसबुकमा ‘झोले’ भनेका छन् । यसअघि गत शनिबार प्रधनमन्त्री ओलीले जनता र राष्ट्रको हित बोकेर हिँड्ने ‘झोले’ हुनुमा आफू गौरवान्वित भएको अभिव्यक्ति दिएका थिए । पार्टीनिकट बुद्धिजीवी परिषद्को महाधिवेशन सम्बोधनका क्रममा उनले आफू जनताको झोला बोकेर हिँड्ने मान्छे भएको उल्लेख गर्दै जनताको झोला बोकेर हिँड्दा अलिकति पनि अप्ठ्यारो नलाग्ने बताएका थिए ।

‘इतिहास नमर्काउने, नबंग्याउने, इतिहासलाई जस्ताको त्यस्तै राख्ने, इतिहासलाई सही बाटोमा अघि बढाउँदा म नेकपा एमालेको झोले हो । म यस देशका जनताको झोले हो । अब भयो चित्त बुझ्यो प्रतिक्रियावादीहरूलाई,’ ओलीले भनेका थिए, ‘म कबुल गर्छु, झोले हो । झोला बोकेर हिँड्या हो । यी झोला किन बनेका भन्या ? बोक्न होइन ? राम्रा कुरा बोक्न बनेका झोला दलाली झोलाभरि हालेर बोक्छन् यिनीहरू । राम्रा कुरा बोकेर हिँडून् त्यो झोलामा । झोले हुनुमा गर्व छ, तर राम्रा कुरा बोकेर हिँड्नुमा गर्व छ ।’

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ५ : ११ बजे

महाधिवेशन मिति तोक्न कांग्रेसका २५ केन्द्रीय सदस्यले दर्ता गराए पत्र

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्षका २५ केन्द्रीय सदस्यले चुनाव अगाडि

सुदूरपश्चिमको पैँतीस हेक्टर क्षेत्रफलमा जडीबुटीखेती विस्तार

गोदावरी– सुदूरपश्चिम प्रदेशमा ३५ हेक्टर क्षेत्रफलमा जडीबुटीखेती विस्तार गरिएको छ

अर्थतन्त्र पुनर्जीवनका लागि नीति, सहकार्य र सुधारको खाका

नेपाल राष्ट्र बैंकका हरेक पहलकदमीहरूको पछाडि सदैव दृढतापूर्वक सिबिफिन उभिएको

चन्द्रागिरिमा स्वास्थ्य स्वयंसेविकाको भत्ता र खाजा खर्च तीन हजार ५००

काठमाडौं– चन्द्रागिरि नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाको खाजा खर्च र भत्ता

मुस्ताङमा तीन पालिकाका हिउँचितुवा पीडितलाई राहत वितरण

मुस्ताङ– राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका