दोलखाका ९ पालिकालाई ३ अर्ब ५४ करोड ३९ लाख संघीय अनुदान  | Khabarhub Khabarhub

दोलखाका ९ पालिकालाई ३ अर्ब ५४ करोड ३९ लाख संघीय अनुदान 


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

दोलखा-आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि संघीय सरकारले ३ अर्ब ५४ करोड ३९ लाख बजेट विनियोजन गरेको छ।

संघीय सरकारले वित्तीय समानीकरण, सशर्त, विशेष र समपुरक अनुदान मार्फत ३ अर्ब ५४ करोड ३९ लाख बजेट विनियोजन गरेको हो ।

दोलखाका पालिकालाई सशर्त अनुदानमा २ अर्ब १९ करोड ६२ लाख बजेट विनियोजन भएको गरेको हो । जसमा चालु खर्चतर्फ २ अर्ब ७ करोड ८७ लाख र पूँजीगत खर्चको लागि ११ करोड ७५ लाख विनियोजन  गरेको अन्तर सरकारी वित्तीय हस्तान्तरण आर्थिक वर्ष २०८२/०८३को  बजेटमा उल्लेख गरिएको छ ।

त्यसैगरी जिल्लामा वित्तीय समानीकरण अनुदान बापत १ अर्ब ८ करोड ७३ लाख अनुदान, समपुरक अनुदान बापत १६ करोड ३० लाख र विशेष अनुदान बापत ९ करोड ७४ लाख बजेट विनियोजन गरेको छ । 

दुई नगरपालिका र सात गाउँपालिका रहेको दोलखामा सबैभन्दा बढी बजेट भीमेश्वर नगरपालिका ५४ करोड ११लाख प्राप्त गर्ने भएको छ भने, जिरी नगरपालिकाको बजेट सबैभन्दा कम ३४ करोड २ लाख रहेकोे छ । जिरीको बजेट जिल्लाका अन्य साता गाउँपालिकाको भन्दा कम रहेको छ ।

त्यसैगरी कालिञ्चाेक गाउँपालिकाको बजेट ४२ करोड ११ लाख, गौरीशंकरलाई ३८ करोड ९५ लाख, वैतेश्वरलाई ३५ करोड ५१ लाख तामाकोशी गाउँपालिकालाई ३९ करोड ९३ लाख अनुदान दिएको हो ।

त्यसैगरी मेलुङ गाउँपालिकालाई ३५ करोड ४७ लाख, विगुलाई ३५ करोड ४३ लाख र शैलुङ गाउँपालिकाको बजेट ३८ करोड ८६ लाख विनियोजन भएको छ । -सुबास बस्नेत/दोलखा

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ५ : ३० बजे

तत्कालीन नेकपा विभाजनको घाउमा मलम लागे जस्तो भयो : भीम रावल

काठमाडौं– मातृभूमि जागरण अभियान, नेपाल प्रस्तावक डा. भीम रावलले नेपाली

एमालेको ‘घर फर्क अभियान’लाई नेकपाले दियो नौटंकीको संज्ञा

काठमाडौं- नवगठित नेपाली कम्युनिस्ट पार्टीले नेकपा एमालेले थालेको ‘घर फर्क

२० अंकले घट्यो नेप्से, १९८ कम्पनीको घट्यो सेयर मूल्य

काठमाडौं– आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) २०.५६ अंकले घटेको छ

भीम रावलसँगै एमाले केन्द्रीय सदस्य प्रकाश शाह पनि नेकपामा प्रवेश गरे

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य प्रकाशबहादुर शाह पनि नेपाली कम्युनिस्ट

बलिउड अभिनेता धर्मेन्द्र अस्पतालबाट डिस्चार्ज 

काठमाडौं– बलिउडका वरिष्ठ अभिनेता धर्मेन्द्र हाल मुम्बईको ब्रीच क्यान्डी अस्पतालबाट