मैत्रीपूर्ण महिला फुटबलमा नेपाल थाइल्यान्डसँग पराजित « Khabarhub

मैत्रीपूर्ण महिला फुटबलमा नेपाल थाइल्यान्डसँग पराजित


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा थाइल्यान्डसँग नेपाल पराजित भएको छ । थाइल्यान्डको पथुम थानीस्थित थम्मासत रङ्गशालामा आज सम्पन्न खेलमा घरेलु टोली थाइल्यान्डसँग नेपाल २–० गोलअन्तरले पराजित भएको हो । खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो । दोस्रो हाफमा थाइल्यान्डले दुई गोल गर्यो ।

खेलको ५९औँ मिनेटमा थाइल्यान्डले पहिलो गोल गर्दै अग्रता लिएको थियो । थाइल्यान्डकी चात्चावान रोडथोङले करिब ३५ यार्डबाट प्रहार गरेको बलले जाली चुमेको थियो । त्यसैगरी खेलको ७४औँ मिनेटमा दोस्रो गोल गर्यो ।

थाइल्यान्डकी कप्तान जिरापुरन मोङकोल्डीले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाइन् । त्यसपछि खेलमा गोल हुन सकेन र अन्ततः नेपाल थाईल्यान्डसँग २–० गोलअन्तरले पराजित भयो । यसअघि शुक्रबार भएको खेलमा पनि नेपाल थाइल्यान्डसँग १–० गोलअन्तरले पराजित भएको थियो ।

थम्मासत रङ्गशालामा विद्युतीय समस्या देखिएका कारण खेल निर्धारित समयभन्दा ३० मिनेट ढिला सञ्चालन भएको थियो । उक्त खेल नेपाली समयअनुसार ४ः४५ बजे सुरु हुने तालिका थियो ।

उज्वेकिस्तानमा हुने महिला एसियन कप छनोटको तयारी स्वरुप नेपालले थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेलेको हो । महिला एसियन कप फुटबल यही जुन २९ तारिखदेखि हुँदैछ । एसिनय कप छनोटमा नेपाली महिला टोली समूह एफमा परेको छ । नेपालको समूहमा आयोजक उज्वेकिस्तानसँगै लाओस र श्रीलंका छन् ।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ८ : २४ बजे

सरकारी तलब कार्यान्वयनको माग गर्दै नर्सहरू आन्दोलित 

काठमाडौं– कलंकीस्थित सहिद मेमोरियल अस्पतालका स्टाफ नर्सहरूले सरकारले तोकेको तलब

जेन-जीको बहिष्कारपछि सरकारले भन्यो : विगतका सहमति कार्यान्वयन हुँदैछन्

काठमाडौं– संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले जेन्जी

विद्यार्थी दिवस : विश्वविद्यालय स्वायत्तता र विद्यार्थी अधिकारको पक्षमा प्रदर्शन

काठमाडौं – विद्यार्थी दिवसको अवसरमा संयुक्त विद्यार्थी संगठनहरूले ‘प्रतिबन्धविरुद्ध प्रतिरोध

इरानबारे चीन पछि हटेको ट्रम्पको दाबी, तर भएन कुनै सहमति

बेइजिङ– अमेरिकी राष्ट्रपित डोनाल्ड ट्रम्पले चीनले इरानमाथि आफ्नो प्रभाव प्रयोग

माउण्टेन डिउको बिक्रीमा रोक  

काठमाडौं– सामाजिक सञ्जालमा एक उपभोक्ताले  माउण्टेन डिउ पिउँदा वाकवाकी लागेको