आगामी आवको बजेट यथार्थपरक छः अर्थमन्त्री पौडेल « Khabarhub

आगामी आवको बजेट यथार्थपरक छः अर्थमन्त्री पौडेल


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट यथार्थपरक भएको बताएका छन् । इकोनोमिक मिडिया सोसाइटी (इम्सन)ले आगामी आवको बजेटका सम्बन्धमा आयोजित छलफल कार्यक्रममा उहाँले आफूले लोकप्रियभन्दा पनि यथार्थमा आधारित भएर बजेट निर्माण गरेको बताए ।

“नेकपा (एमाले)बाट बनेको अर्थमन्त्री हुँदा लोकप्रिय बजेट ल्याउँछ भन्ने मानसिकता छ, तर यसपटक मैले लोकप्रियताको खोजीभन्दा पनि यथार्थपरक बजेट बनाउने प्रयास गरेको छु”, अर्थमन्त्री पौडेलले भने, “के गर्दा लोकप्रिय भइएला भन्दा पनि के गर्दा अनुशासित भइएल, स्रोत व्यवस्थापनको दायरा कसरी बढाउन सकिएला र खर्च व्यवस्थापन गर्न सकिएला भन्ने सोचमा केन्द्रित भइ बजेट निर्माण गरेको छु ।”

उनले बजेट सम्बन्धमा आएका सबै विचारलाई आफूले सम्मान गर्ने उल्लेख गरे । “बजेटका स्रोत व्यवस्थानका सीमालाई ख्याल गरेर बजेट निर्माण गरिएको छ । अनिवार्य दायित्वको आकार बढेको छ तर त्यसको पनि व्यवस्थापन गरिएको छ र विकासका लागि प्राथमिकताका आधारमा स्रोत व्यवस्थापन पनि गरिएको छ”, उपप्रधानमन्त्री पौडेलले भने ।

उनले निजी क्षेत्रको मनोबल बढाउने, लगानीका क्षेत्र बढाउने गरी बजेट आएको दाबी गरे । “आगामी आवको बजेट कार्यान्वयनसँगै अर्थतन्त्र चलायमान बन्छ, अर्थतन्त्रमा गतिशिलता बढाउनेछ भने उत्पादन बढाउन र रोजगारी सृृजनामा पनि काम गर्नेछ”, अर्थमन्त्री पौडेलले भने।

आफू बजेटबारे आएका प्रतिक्रियाबाट आशावादी बनेको उल्लेख गर्दै उहाँले अब आफ्नो कर्तव्य बजेट कार्यान्वयन भएको उल्लेख गरे । “एक थान बजेट प्रस्तुत गरेर मेरो कर्तव्य पूरा भएको छैन, यसको कार्यान्वयन पनि मेरो जिम्मेवारी हो । बजेटले लिएका उद्देश्य पूरा गर्नेमा मैले ध्यान दिनेछु”, अर्थमन्त्री पौडेलको भनाइ थियो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा शिवराज अधिकारीले आगामी आवको बजेट अर्थतन्त्र पुनःसंरचनाको औजार भएको बताए । उनले चालु आवको तुलनामा कम्तीमा २० खर्बदेखि २४ खर्ब रुपैयाँसम्मको बजेट आउनु स्वभाविक भए पनि यथार्थपरक बजेट निर्माण गर्दा कम आकारको बजेट ल्याइएको दाबी गरे ।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ९ : २३ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते