फेवातालमा दीर्घकालीन योजना ल्याएर मात्र पोल गाड्न आग्रह « Khabarhub

फेवातालमा दीर्घकालीन योजना ल्याएर मात्र पोल गाड्न आग्रह


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

गण्डकी – पोखरा पर्यटन परिषद्ले फेवातालको सीमाङ्कनका नाममा दीर्घकालीन योजनाबिना नै पोल गाड्न थालिएको भन्दै ध्यानाकर्षण गराएको छ । परिषद्ले आज पत्रकार सम्मेलन गर्दै फेवातालको सीमाङ्कन भन्दै बिनायोजना पोल गाड्न थालेकामा विरोध गरेको हो ।

परिषद्ले बिनायोजना ६५ मिटर मापदण्ड लगाउँदा पर्यटन केन्द्र लेकसाइड मासिने खतरा रहेको भन्दै लेकसाइड मासेर पोखरा पर्यटनको राजधानी नबन्ने जनाएको छ ।

सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न बनेको सहजीकरण समितिले शनिबारदेखि फेवातालको साँधमा भौतिक पोल गाड्न सुरु गरेपछि स्थानीयवासीले त्यसको विरोध गरेका परिषद् अध्यक्ष तारानाथ पहारीले बताए।

राज्यले जग्गाको सीमाङ्कन गर्दा जग्गाधनीसँग सहमति लिनुपर्ने बताउँदै उहाँले सहमति तथा उचित मुआब्जाबिना कसैलाई विस्थापित गर्न नमिल्ने बताए । मुआब्जा दिन नसकिए ६५ मिटरको साटो ३० मिटर मापदण्ड लगाउनु उचित हुने पहारीको भनाइ छ ।

परिषद्का पूर्वअध्यक्ष सूर्य भुजेलले छ महिनाभित्रमा फेवाताल संरक्षणको काम सक्न भनेर सर्वोच्च अदालतको आदेश आएको दुई वर्षपछि मानहानीको गालबाट बच्न पोल गाडिएको बताए । वरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले स्थानीयसँग छलफल नै नगरी सीमाङ्कन गर्न खोज्न गलत हुने धारणा राखे ।

परिषद्का प्रथम उपाध्यक्ष हरि भुजेलले पर्यटनको जग लेकसाइड मासेर पर्यटकीय राजधानी बनाउने सपना नदेख्न आग्रह गरे । पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले स्थानीयको सहमतिमा फेवातालको सीमाङ्कन हुनपर्नेमा जोड दिए ।

चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष उमराज बास्तोला, परिषद्का महासचिव जीवनराज सापकोटा लगायतले स्थानीयवासीको सहमतिमा सीमाङ्कनको विषय टुङ्ग्याउनुपर्ने आवश्यकता औँल्याए ।

सन् १९५० को माउण्टेन टुरिजम हुँदै १९६० को हिप्पी टुरिजमदेखि सुरु भएको पर्यटन क्षेत्रको लगानी ड्यामसाइड गौरीघाट हुँदै हाल लेकसाइडको मुख्य क्षेत्र बाराही चोक, हल्लनचोक, खहरे हुँदै खपौदीसम्म होटल, रेष्टुराँ, गेष्ट हाउस तथा ट्राभल्स टे«किङ आदिमा अर्बौ लगानी भएकोे पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  १० : ५७ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर