सीमावर्ती क्षेत्रमा कोभिड देखिएपछि सीमा क्षेत्रमा सतर्कता « Khabarhub

सीमावर्ती क्षेत्रमा कोभिड देखिएपछि सीमा क्षेत्रमा सतर्कता


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

पर्सा – छिमेकी मुलुक भारतमा कोभिडका सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएसँगै सीमावर्ती बजार वीरगञ्जमा पनि सतर्कता अपनाउन थालिएको छ। भारतबाट स्थलमार्ग र रेल्वेमार्ग हुँदै वीरगञ्ज प्रवेश गर्ने यात्रुमाथि स्वास्थ्य जाँच गर्न थालिएको हो।

पर्साको जिल्ला स्वास्थ्य सङ्कट व्यवस्थापन समितिको यही जेठ १५ गते बसेको बैठकले कोभिडको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सीमानाकामा स्वास्थ्य जाँचलाई प्रभावकारी बनाउने निर्णय गरेको छ।

वीरगञ्ज महानगरका प्रमुख राजेशमानसिंह वीरगञ्ज नाकामा स्थापना गरिएको सहायता कक्ष (हेल्थ डेस्क)को सोमबार निरीक्षण गर्दै छिमेकी मुलुक भारतमा कोभिडका सङ्क्रमितको वृद्धि भएकाले नाका प्रदेशमा सतर्कता अपनाउन जरुरी रहेको बताए।

“छिमेकी मुलुकमा बढ्दै गएको कोभिड सङ्क्रमणलाई ध्यान दिँदै यहाँ फैलन नदिन विशेष सर्तकता अपनाउन थालिएको हो”, उनले भने, “नाकामा स्थापना गरिएको हेल्थ डेस्कलाई अझै प्रभावकारी बनाउने प्रयास भइरहेको छ।”

महानगरका अनुसार हेल्थ डेस्कमा मास्क, स्यानिटाइजर, तापक्रम मापन गर्ने उपकरणलगायत सामग्रीको व्यवस्थापन गरिएको छ। स्वास्थ्यकर्मी इब्राना खातुनले रक्सौलबाट आउने प्रत्येक व्यक्तिको तापक्रम जाँच अनिवार्य गरिएको बताए। उनका अनुसार यहाँ सञ्चालित हेल्थ डेस्कमा सात जना स्वास्थ्यकर्मी खटिएका छन्।

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  ७ : ५३ बजे

तेरियाको डेब्यू फिल्म ‘मितज्यू’को ट्रेलर यस्तो बन्यो

काठमाडौँ- नायकद्वय दयाहाङ राई र सौगात मल्ल शीर्ष भूमिकामा रहेको

चीनले सुरु गर्‍यो विश्वव्यापी एआई शिक्षा प्लेटफर्म : कसरी लिन सकिन्छ लाभ ?

हङझाउ – चीनले शिक्षा क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को पहुँच

टोखामा बजार अनुगमन, ४६ व्यवसायी कारबाहीमा

काठमाडौँ– टोखा नगरपालिकाले उपभोक्ताको हित संरक्षण र बजार व्यवस्थापनका लागि

होल्डिङ सेन्टरका सुकुमवासीलाई झुल वितरण

बाँके– कोहलपुर नगरपालिकाले होल्डिङ सेन्टरमा आश्रय लिएर बसिरहेका भूमिहीन सुकुमवासी

तल्लो सेती जलविद्युत् आयोजना : प्रवेश सुरुङ निर्माण सुरु

तनहुँ– तनहुँको देवघाट गाउँपालिका–४ मा १२६ मेगावाट क्षमताको तल्लो सेती