अछाममा जङ्गली च्याउ खाँदा तीन बालबालिका बिरामी « Khabarhub

अछाममा जङ्गली च्याउ खाँदा तीन बालबालिका बिरामी


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

धनगढी – अछाममा जंगली च्याउ खादा तीन जना बिरामी परेका छन्। रामारोशन गाउँपालिका-७ मा जङ्गली च्याउ खाँदा तीन जना बालबालिका बिरामी परेका छन्। घर नजिकैको जङ्गलमा खेल्ने क्रममा उनीहरूले विषालु च्याउ खाएका थिए।

बिरामी पर्नेमा तारा भण्डारीका दुई वर्षीय छोरा युवराज भण्डारी, चार वर्षीया छोरी रितिका भण्डारी र सोही स्थानका चेतमान भण्डारीका चार वर्षीय छोरा जीवन भण्डारी रहेका छन्।

तीनै जनालाई तत्काल उपचारका लागि न्याय हेल्थ अस्पताल, बयलपाटा लगिएको र हाल त्यहीँ उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए।

प्रहरीले च्याउ विषालु भएको पुष्टि गर्दै आगामी दिनमा जङ्गली च्याउ खानु अघि सचेत रहन अभिभावकलाई आग्रह गरेको छ। बर्खायाम सुरुभएसँगै सुदूरका पहाडी क्षेत्रका स्थानीयले खोजी खोजी जंगली च्याउ खाने गरेका छन्।

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  ८ : १३ बजे

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो

बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

दमौली– व्यास नगरपालिका-२ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने

इराक र साउदी अरबका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, ड्रोन आक्रमणबारे छलफल

एजेन्सी– इराकका विदेशमन्त्री फुआद हुसेन र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदबीच