अफ्रिकाको विकासमा बिल गेट्सको चासो « Khabarhub

अफ्रिकाको विकासमा बिल गेट्सको चासो


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- माइक्रोसफ्टका संस्थापक विल गेट्सले अफ्रिकाको स्वास्थ्य र शिक्षा अबको २० वर्षमा सुधार गर्ने लक्ष्यसहित आफूले सहयोग गर्ने बताएका छन्। ६९ वर्षीय उनले मानवताको दृष्टिकोणले अफ्रिकाका हरेक देशका व्यक्तिलाई अहिलेको विकराल अवस्थाबाट बाहिर निकाल्न आवस्यक रहेको बताएका छन्।

अदिस अबाबामा बोल्दै उनले त्यस महादेशका युवा स्वास्थ्यमा सुधार ल्याउनका लागि पनि आर्टिफिसियल इन्टिलिजेन्सका बारे जानकार हुनुपर्ने बताए। अफ्रिकन युनियनको हेडक्वार्टर पुगेका उनले आफ्नो सम्पत्तिको हिस्सा अफ्रिकामा नै खर्च गर्ने बताएका हुन्। त्यसो त उनले यस अघि नै आफ्नो सनम्पत्तिको ९९ प्रतिशत सामाजिक मानवीय काममा खर्च गरेर सक्ने बताइ सकेका छन्।

मोजम्बिककी पूर्व प्रथम महिला गार्सा माचेलले उनको निर्णयको स्वागत गर्दै अहिले अफ्रिका सङ्कटमा भएका कारण गेट्सको घोषणा महत्त्वपूर्ण हुने बताइन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस अघि नै अमेरिका पहिलो नीति लिँदै अफ्रिकामा गर्ने सहयोग बन्द गर्ने घोषणा गरिसकेका छन्।

गेट्सले अफ्रिकामा आफ्नो फाउन्डेसनले गरेको कामको लामो इतिहास भएको बताएका छन्। गेट्सले अहिले नै रुवान्डामा एआईको प्रयोग गर्दै स्वास्थ्य क्षेत्रमा भएको सुधारको उदाहरण दिएका छन्।

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  ९ : ५८ बजे

तेरियाको डेब्यू फिल्म ‘मितज्यू’को ट्रेलर यस्तो बन्यो

काठमाडौँ- नायकद्वय दयाहाङ राई र सौगात मल्ल शीर्ष भूमिकामा रहेको

चीनले सुरु गर्‍यो विश्वव्यापी एआई शिक्षा प्लेटफर्म : कसरी लिन सकिन्छ लाभ ?

हङझाउ – चीनले शिक्षा क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को पहुँच

टोखामा बजार अनुगमन, ४६ व्यवसायी कारबाहीमा

काठमाडौँ– टोखा नगरपालिकाले उपभोक्ताको हित संरक्षण र बजार व्यवस्थापनका लागि

होल्डिङ सेन्टरका सुकुमवासीलाई झुल वितरण

बाँके– कोहलपुर नगरपालिकाले होल्डिङ सेन्टरमा आश्रय लिएर बसिरहेका भूमिहीन सुकुमवासी

तल्लो सेती जलविद्युत् आयोजना : प्रवेश सुरुङ निर्माण सुरु

तनहुँ– तनहुँको देवघाट गाउँपालिका–४ मा १२६ मेगावाट क्षमताको तल्लो सेती