कांस्य पदक विजेता एरिकालाई विमानस्थलमा स्वागत | Khabarhub Khabarhub

कांस्य पदक विजेता एरिकालाई विमानस्थलमा स्वागत


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कराते वान प्रिमियर लिगमा ऐतिहासिक कांस्य पदक जितेकी नेपाली कराते खेलाडी एरिका गुरुङलाई काठमाडौंमा भव्य स्वागत गरिएको छ ।  

मोरोक्कोको रावतमा भएको लिगमा सहभागी भएर मंगलबार स्वदेश फर्किएकी कराते खेलाडी एरिकालाई त्रिभुवन विमानस्थलमा राखेप सदस्य सचिव टंकलाल घिसिङ, नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा लगायतले स्वागत गरेका हुन् । 

बाजागाजासहित एरिकालाई करातेका खेलाडी, समर्थक, आफन्त र शुभचिन्तकले स्वागत गरेका थिए । सो क्रममा नेपाली कराते खेलाडी एरिकाले अहिले कांस्य पदक जिते पनि स्वर्ण पदक जित्ने लक्ष्यका साथ अघि बढ्ने बताइन् ।  

कराते वान प्रिमियर लिगको महिला ६८ केजीमाथि तौल समूहमा नेपालको प्रतिनिधित्व गर्दै ऐरिकाले फ्रान्सेली खेलाडी क्लेमेन्स पिएलाई ६–२ ले पराजित गरेकी थिइन् ।

एरिका विश्वकै शीर्ष ३२ खेलाडी मात्र खेल्ने लिगमा पदक जित्ने पहिलो नेपाली खेलाडी बन्न सफल भएकी छन्  ।  

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  ११ : ५५ बजे

नेपाली सेनाले भन्यो- भ्रामक र झुटा सुचनामा विश्वास नगरौं

काठमाडौं- नेपाली सेनाले भ्रामक र झुटा समाचारमा विश्वास नगर्न आम

आन्दोलनमा घुसपैठ गरी तोडफोड गर्नेलाई कडा कारबाही गर्न आग्रह 

पोखरा–  हालै केही दिनयता मुलुकमा भएका विकासक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको

सामान्य बन्दै पोखराको जनजीवन

गण्डकी– जेनजीको प्रदर्शन मत्थर भएसँगै पोखराको जनजीवन सामान्य उन्मुख छ

उपत्यकामा शुक्रबार सेनाको नियम के छ ?

काठमाडौं – शुक्रबार बिहान नेपाली सेनाले कर्फ्यू हटाउँदा बजारमा चहलपहल

तनहुँमा दुई महिला मृत भेटिए, पहिचान खुल्न बाकी

दमौली– तनहुँमा बिहीबार दुई महिला मृत अवस्थामा फेला परेका छन्