यायातात व्यवसायीलाई सांसदको आग्रह- सरकारसँग सहमति भइसकेको अवस्थामा आन्दोलन फिर्ता लिनुस् « Khabarhub

यायातात व्यवसायीलाई सांसदको आग्रह- सरकारसँग सहमति भइसकेको अवस्थामा आन्दोलन फिर्ता लिनुस्


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसदहरूले सार्वजनिक यातायात सञ्चालन गरेर जिम्मेवार बन्न यातायात व्यवसायीहरूलाई आग्रह गरेका छन् ।  

सरकारसँग सहमति भइसकेको अवस्थामा आन्दोलनका कार्यक्रम फिर्ता लिई यातायात सञ्चालन गरेर जिम्मेवार बन्न सांसदहरूले यातायात व्यवसायीहरूलाई आग्रह गरेका हुन् ।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस सांसद जीवन परियारले सरकारसँग समझदारी भइसकेपछि यातायात नचल्नु दुर्भाग्यपूर्ण कुरा भएको बताए ।

समझदारी कार्यान्वयन नभए पुन आन्दोलन गर्ने छुट यातायात व्यवसायीलाई रहँदा जनतालाई दुख दिने गरी यातायात बन्द गर्नु गलत भएको उनले बताए ।

उनले सार्वजनिक यातायात नेपालभित्रको कानून अनुसार चल्नुपर्ने भएकाले विमतिहरूलाई सच्चाउनेतर्फ सहमति भएकाले व्यवसायीले सहमति कार्यान्वयन गर्नुपर्ने धारणा राखे ।  

त्यस्तै नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले राइड सेयरिङले जनतालाई सुविधा नै दिएको भए पनि नयाँ कानून बनाउँदा सरकारले पनि सरोकारवालाहरुसँग छलफल गर्नुपर्नेमा जोड दिए । उनले सरकारले यस विषयमा छिटो निकास निकाल्दै सर्वसाधारणलाई सेवा दिनुपर्ने धारणा राखे ।

गण्डकी प्रदेश सरकारले नियमावली स्थगन गरेपछि मात्रै आफूहरूका आन्दोलन फिर्ता हुने यातायात व्यवसायीको अडानका कारण मंगलबार पनि देशभर सार्वजनिक यातायात बन्द छन् । 

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  १२ : २० बजे

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो

बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

दमौली– व्यास नगरपालिका-२ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने

इराक र साउदी अरबका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, ड्रोन आक्रमणबारे छलफल

एजेन्सी– इराकका विदेशमन्त्री फुआद हुसेन र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदबीच

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

राँझा–  बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने