यायातात व्यवसायीलाई सांसदको आग्रह- सरकारसँग सहमति भइसकेको अवस्थामा आन्दोलन फिर्ता लिनुस् « Khabarhub

यायातात व्यवसायीलाई सांसदको आग्रह- सरकारसँग सहमति भइसकेको अवस्थामा आन्दोलन फिर्ता लिनुस्


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसदहरूले सार्वजनिक यातायात सञ्चालन गरेर जिम्मेवार बन्न यातायात व्यवसायीहरूलाई आग्रह गरेका छन् ।  

सरकारसँग सहमति भइसकेको अवस्थामा आन्दोलनका कार्यक्रम फिर्ता लिई यातायात सञ्चालन गरेर जिम्मेवार बन्न सांसदहरूले यातायात व्यवसायीहरूलाई आग्रह गरेका हुन् ।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस सांसद जीवन परियारले सरकारसँग समझदारी भइसकेपछि यातायात नचल्नु दुर्भाग्यपूर्ण कुरा भएको बताए ।

समझदारी कार्यान्वयन नभए पुन आन्दोलन गर्ने छुट यातायात व्यवसायीलाई रहँदा जनतालाई दुख दिने गरी यातायात बन्द गर्नु गलत भएको उनले बताए ।

उनले सार्वजनिक यातायात नेपालभित्रको कानून अनुसार चल्नुपर्ने भएकाले विमतिहरूलाई सच्चाउनेतर्फ सहमति भएकाले व्यवसायीले सहमति कार्यान्वयन गर्नुपर्ने धारणा राखे ।  

त्यस्तै नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले राइड सेयरिङले जनतालाई सुविधा नै दिएको भए पनि नयाँ कानून बनाउँदा सरकारले पनि सरोकारवालाहरुसँग छलफल गर्नुपर्नेमा जोड दिए । उनले सरकारले यस विषयमा छिटो निकास निकाल्दै सर्वसाधारणलाई सेवा दिनुपर्ने धारणा राखे ।

गण्डकी प्रदेश सरकारले नियमावली स्थगन गरेपछि मात्रै आफूहरूका आन्दोलन फिर्ता हुने यातायात व्यवसायीको अडानका कारण मंगलबार पनि देशभर सार्वजनिक यातायात बन्द छन् । 

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  १२ : २० बजे

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले गरेँ पद बहाली

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । प्रधानमन्त्री

नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित

काठमाडौं– नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित भएका छन्

चितवनको सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु (तस्बिरहरू)

 काठमाडौं– चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा आजदेखि १९ औँ संस्करणको

लप्सीको रुखबाट लडेर वैतेश्वरका तामाङको मृत्यु 

दोलखा– लप्सी टिप्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका दोलखाको

प्रभु बैंकका सीईओ अशोक शेरचन हाजिरी जमानीमा छुटे

काठमाडौं- गत १४ मंसिरमा पक्राउ परेका प्रभु बैंकका सीईओ अशोक शेरचन