अन्नपूर्ण ‘ट्रेल रेस’को उपाधि घराम्दीका कुशललाई | Khabarhub Khabarhub

अन्नपूर्ण ‘ट्रेल रेस’को उपाधि घराम्दीका कुशललाई


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– अन्नपूर्ण हिमाल आरोहण भएको ७५औँ वार्षिकोत्सवका अवसरमा आज म्याग्दीमा भएको अन्नपूर्ण ‘ट्रेल रेड’ दौड प्रतियोगिताको उपाधि अन्नपूर्ण गाउँपालिका–७ घराम्दीका कुशल पुर्जाले जितेका छन् ।

चार हजार ९१ मिटर उचाइको अन्नपूर्ण आधार शिविरदेखि अन्नपूर्ण–४ नारच्याङ गाउँसम्म मौरिस हर्जोग पदमार्गमा भएको प्रतियोगितामा दुई घण्टा ४७ मिनेट ३७ सेकेन्डमा ३६ किलोमिटर दूरी पार गरेर पुर्जा विजयी भएका हुन्।

अन्नपूर्ण–६ घारका लोकबहादुर बरुवालले दुई घण्टा ५२ मिनेट ५१ सेकेण्ड र सञ्जयबहादुर बरुवालले तीन घण्टा आठ मिनेट ३७ सेकेन्डमा निर्धारित दूरी पार गरेर दोस्रो र तेस्रो भएका प्रतियोगिताको व्यवस्थापन गरेको भूतपू्र्व खेलाडी मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाटले जानकारी दिए ।

अन्नपूूर्ण आधार शिविरबाट आज बिहान ६.३० बजे सुरु भएको प्रतियोगितामा म्याग्दीका ४० जना धावकहरूको सहभागिता थियो । विजयी २४ वर्षीय पुर्जा भारतीय गोर्खा सैनिक र उपविजेता २४ वर्षीय बरुवाल नेपाली सेनाका जवान हुन् ।

विजेता, उपविजेता र तेस्रो हुनेलाई आज दिउँसो नारच्याङ बेँसीमा आयोजना हुने समारोहमा प्रमाणपत्रको साथमा क्रमश नगद ५० हजार, ३० हजार र २० हजार पुरस्कार प्रदान गरिने अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए । 

अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गको प्रर्वद्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उनले बताए। सन् १९५० जुन ३ का दिन फ्रान्सका मौरिस हर्जोगले पहिलोपटक अन्नपूर्ण हिमाल आरोहण गरेको ७५ वर्ष पूरा भएको अवसरमा आज महोत्सव मनाइँदैछ ।

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  १२ : २४ बजे

एकै व्यक्ति पत्रकारदेखि सरकारी जागिरेसम्म, पाँच ठाउँबाट बुझ्थे तलब-भत्ता, अब चल्यो १ करोड १५ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं- दुई दशकदेखि सरकारी कर्मचारीको हैसियत लुकाएर पत्रकार, बिमा अभिकर्ता

साक्षर महिलाहरू घरेलु हिंसाको सिकार

धनुषा– साक्षर महिलाहरू पनि घरेलु हिंसाको सिकार भइरहेको तथ्याङ्क सार्वजनिक

प्रचण्डले भने- भिजिट भिसाबारे छानबिन समिति बने संसद् खुल्छ, एक पटक देउवाजीसँग छलफल गर्छौँ

काठमाडौं– प्रतिपक्षमा रहेका दलहरूले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा सत्तारुढ नेपाली

शेयर बजारमा एनआरएन भित्र्याइने : विज्ञहरू भन्छन् ‘यो राम्रो काम हो’

काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष ०८२-८३ को लागि ल्याएको बजेटले

भारतले सञ्चालनमा ल्यायो जम्मु-कश्मीर जोड्ने विश्वकै अग्लो रेल पुल

श्रीनगर-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु-कश्मीरको रियासी जिल्लामा चिनाब नदीमाथि बनेको