बस्दै नबसी भोलिसम्मलाई सर्‍यो संसद् बैठक | Khabarhub Khabarhub

बस्दै नबसी भोलिसम्मलाई सर्‍यो संसद् बैठक


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको बैठक बस्दै नबसी बुधबारसम्मका लागि स्थगित भएको छ । दलहरूबीच सहमति जुट्न नसक्दा प्रतिनिधिसभाको मंगलबारको बैठक बस्दै नबसी स्थगित भएको हो । 

सभामुख देवराज घिमिरेको सचिवालयले संसद् बैठक बुधबार १ बजेसम्मका लागि स्थगित भएको जनाएको छ । यसअघि संसद् सचिवालयले सूचना टाँस गरेर दिउँसो २ बजेसम्मका लागि बैठकको समय सारेको थियो । 

मंगलबारबाट संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा जेठ १५ गते पेस भएको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गर्ने कार्यसूची थियो । तर, विपक्षी दलहरू सहमतिमा नआएपछि बैठक बस्दै नबसी स्थगित भएको हो । 

उनीहरू भिजिट भिसामा मुछिएका गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिनुपर्ने अडान राख्दै आएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईलाई पक्राउ गरेपछि भिजिट भिसा प्रकरणमा लेखक मुछिएका छन् ।

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  २ : ४९ बजे

पहिरोले अवरुद्ध बनेको त्रिभुवनराजपथ सञ्चालन

मकवानपुर– त्रिभुवनराजपथको हेटौँडा-काठमाडौँ खण्डअन्तर्गत भिमफेदी गाउँपालिका–१ बाघझोरा नजिक गएराति सुक्खा

थारु बस्तीमा अटवारी पर्वको तयारी गरिँदै

कैलाली– पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायका गाउँ

सनातन धर्मावलम्बीका घर-घरमा भित्र्याइयो कुश

काठमाडौं– प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व

करेन्ट लागेर २५ वर्षीय युवकको मृत्यु

वालिङ– जिल्लाको पुतलीबजार नगरपालिका-९ कोल्मामा शिनबार दिउँसो करेन्ट लागेर एक

हैजा सङ्क्रमण नियन्त्रणका लागि टोली खटाइयो

जनकपुर– पर्साको वीरगञ्जमा देखिएको हैजाको सङ्क्रमण नियन्त्रणका लागि प्रदेश सरकारले