अस्पतालमा कार्यालय सहयोगीले टाउको दुखेका बिरामीलाई आइरन चक्की दिएपछि...  | Khabarhub Khabarhub

अस्पतालमा कार्यालय सहयोगीले टाउको दुखेका बिरामीलाई आइरन चक्की दिएपछि… 


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कालिकोट जिल्लाको सदरमुकाममा रहेको खाँडाचक्र नगरपालिका–३ स्थित ताडी आधारभुत स्वास्थ्य केन्द्रमा स्थानीयले ताला लगाएका छन् । सो स्वास्थ्य केन्द्र करिब दुई हप्तादेखि कर्मचारीविहीन छ । 

सोमबार खोकी लागेका र टाउको दुखेका बिरामी औषधि लिन जाँदा कार्यालय सहयोगीले आइरन चक्की वितरण गरेको भन्दै ताला लगाइएको हो । यसरी नागरिकको जीवनमा खेलवाड भएको स्थानीयको गुनासो छ  ।

कार्यालयमा समयमा नआउने, सरकारले निःशुल्क उपलब्ध गराएका औषधि पनि सेवाग्राहीलाई उपलब्ध नगराएको भन्दै स्थानीयले स्वास्थ्य संस्थामा ताला लगाएका हुन  ।

 कर्मचारीबाट विभिन्न समयमा पावर र पहुँच देखाउदै वडाका बिरामी नगरीलाई पटक-पटक थर्काउने, धम्काउने जस्ता क्रियाकलाप हुने गरेको स्थानियको आरोप छ ।

स्थानीय खगेन्द्र प्रसाद पाण्डेले भने, ‘सरकारले नि:शुल्क दिने भनिएका औषधि पनि पाएका छैनौं, उल्टै धम्की खानु परेको छ’ । 

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  २ : २४ बजे

नेपाली टोलीलाई बलियो बनाउँदै लैजान्छु : प्रशिक्षक प्याट्रिक डे वाइल्ड

काठमाडौं– राष्ट्रिय महिला टोलीका नवनियुक्त मुख्य प्रशिक्षकमा प्याट्रिक डे वाइल्डले

गण्डकीमा प्रशासनिक संरचना पुनरावलोकन समितिले प्रतिवेदन बुझायो

पोखरा– गण्डकी प्रदेश सरकारले बनाएको प्रदेश प्रशासनिक संरचना पुनरावलोकन अध्ययन तथा

गण्डकीको सामाजिक समितिमा माओवादीकी दमयन्ती निर्वाचित

पोखरा– गण्डकी प्रदेशसभाको सामाजिक विकास तथा कृषि समितिको सभापतिमा नेकपा

मौसमी जटिलताका कारण पाकिस्तानका विद्यालय बन्द

पाकिस्तान– जलवायु परिवर्तनका कारण उत्पन्न चरम मौसमी जटिलताका कारण विद्यालय

गण्डकीका पूर्वमुख्यमन्त्रीले भने- राइड सेयरिङमा कसैले चुनौती दिन सक्दैन

पोखरा– गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा एमालेका नेता खगराज अधिकारीले राइड