भिजिट भिसा प्रकरण संसद्को मात्रै हैन, जनताको विषय बनेको छ : सांसद दाहाल « Khabarhub

भिजिट भिसा प्रकरण संसद्को मात्रै हैन, जनताको विषय बनेको छ : सांसद दाहाल


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले भिजिट भिसामा अध्यागमन विभागमार्फत हुने मानव तस्करी प्रकरण पछिल्लो समय जनताको विषय बनेको बताएका छन् । 

मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले  भिजिट भिसा प्रकरण संसद्को मात्रै विषय नभएको उल्लेख गरे ।
 
उनले भने, ‘भिजिट भिसामा अध्यागमन विभागमार्फत हुने मानव तस्करी प्रकरण पछिल्लो समय जनताको विषय बन्यो । संसद्को मात्रै विषय रहेन । राष्ट्रिय विषय बनेको छ, एउटा बहसको विषय बनेको छ । कमसेकम मानव तस्करीसँग जोडिएका पात्रहरू, प्रवृत्तिहरू श्रृखलावद्ध अपराधको जरा कहाँसम्म पुगेको छ, सबै खोजबिनका लागि कमसेकम छानबिन समिति गठन गर्नुपर्‍यो ।’

उनले उच्चस्तरीय छानबिन समिति अथवा संसदीय समिति गठन गरेर पत्ता लगाउनुपर्छ भनेर दुई मध्ये एउटा आवश्यक छ भन्ने सन्दर्भमा आफू पुगेकाे बताए ।
 
‘त्यसको निम्ति सबै दलको तर्फबाट बोल्ने, त्यसपछि माननीय गृहमन्त्रीजीले पनि बोल्ने, बोल्नुभन्दा अगाडि सरकारको तर्फबाट कमसेकम टीओआरसहित न्यायिक समिति वा संसदीय समिति बनाउने भन्ने प्रतिवद्धता आइसकेपछि सदनको अवरोध हटाउने भन्ने हाम्रो अन्डर स्ट्यान्डिङ हो’, उनले भने, ‘प्रतिपक्षी दलका बीचमा एउटा सहमति हो ।’

सत्तापक्ष अहिले पनि संसद् खोल्ने प्रक्रियामा अनिच्छुक देखिएकाे दहालको भनाइ छ । ‘सत्ता पक्ष जिम्मेवार बन्नुपर्ने तर जिम्मेवार बनेको हामीले अनुभूति गरेका छैनौँ । हामी आफैँ लचिलो भएर कमसेकम निकास खोज्दा पनि सरकार अनिच्छुक भएको अनुभुति हामीले अहिलेसम्म गर्न सक्छौँ । उनले भने, ‘अहिलेसम्म समस्याको समाधान भएको छैन । गत्यावरोध अन्त्य गर्ने प्रक्रियामा सरकार जिम्मेवार देखिँदैन ।’

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  ३ : ३६ बजे

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो

बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

दमौली– व्यास नगरपालिका-२ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने

इराक र साउदी अरबका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, ड्रोन आक्रमणबारे छलफल

एजेन्सी– इराकका विदेशमन्त्री फुआद हुसेन र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदबीच

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

राँझा–  बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने