घरेलु महिला श्रमिकको कामलाई राज्यले मान्यता दिनुपर्छ : श्रममन्त्री भण्डारी  « Khabarhub

घरेलु महिला श्रमिकको कामलाई राज्यले मान्यता दिनुपर्छ : श्रममन्त्री भण्डारी 


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले घरेलु श्रमिक महिलाहरूको पनि पेसागत हकहित र सुरक्षाका लागि ट्रेड युनियन हुनुपर्ने बताएका छन् । 

मंगलबार घरेलु श्रमिक मञ्चको नेतृत्वमा आफ्ना समस्याहरू सुनाउन मन्त्रालय पुगेका श्रमिक महिलाहरूको माग प्रति प्रतिबद्धता जनाउँदै मन्त्री भण्डारीले घरेलु श्रमिकको काम पनि एउटा पेसा भएको जिकिर गर्दै यस क्षेत्रमा देखिएका समस्याहरू समाधान र हकहितका लागि ट्रेड युनियन गठन गर्न सुझाएका हुन । 

उनले भने, ‘कुनै पनि कर्म र कार्य गरेपछि त्यसले ट्रेड युनियनको अधिकार पाउनु पर्छ । आफ्नो पेशागत हकहितका लागि बोल्नु पाउनुपर्छ । र, राज्यले त्यसलाई पहिचान दिनुपर्छ ।’ तपाईँहरूले गरेको कामको मान्यता पाउनु पर्ने माग जायज रहेको बताउँदै राज्यले त्यसलाई मान्यता दिने उनले प्रतिबद्धता व्यक्त गरे । 

उनले भने, ‘यो पनि एक पेसा हो, यसका विभिन्न पक्षहरू छन्, यसका लागि सबै घरेलु श्रमिक महिलाहरू आफ्ना हकहित र पेसागत सुरक्षाका लागि संगठित हुनु जरुरी छ ।’

मन्त्री भण्डारीले घरेलु श्रमिक कामदारहरू अनौपचारिक क्षेत्रको रूपमा रहेको हुनाले यसलाई औपचारिक क्षेत्र बनाउनु पर्नेमा जोड दिए । घरेलु श्रमिकहरू सँग पारिश्रमिक (ज्याला), कामको क्रममा भेदभाव (छुवाछुतको व्यवहार) हिंसा खेप्नु परेको जिकिर गर्दै उनीहरूको अधिकार सुनिश्चित गर्दै सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनु पर्नेमा जोड दिए । 

उनले श्रम ऐन कानुन संशोधन हुने क्रममा रहेको जानकारी गराउँदै घरेलु श्रमिक महिलाहरूले भोग्दै आएका समस्याहरू समाधानका लागि के कस्ता विषयहरू ऐनमा समावेश गर्ने सरकारलाई सामूहिक लिखित सुझाव दिन आग्रह गरे । 

मन्त्री भण्डारीले भने, ‘तपाईँहरू ठिक समयमा आइपुग्नु भएको छ । नेपालको श्रम ऐन संशोधनको क्रममा रहेको छ । यसमा तपाईँहरूको उठाएका उचित मागहरूलाई पनि सम्बोधन गर्नुपर्ने आवश्यकता देखियो । तपाईँहरूले पनि बुँदागत रूपमा आफ्ना माग र समस्याहरू लेखेर मन्त्रालयमा दिनुस्, त्यही अनुसार हामी छलफल अगाडि बढाउँछौँ । यी विषयहरू श्रम ऐनमा उल्लेख हुनुपर्ने मेरो मान्यता छ ।’

विगत लामो समय देखि घरेलु महिलाको रूपमा काम गर्दै आएका करिब २ दर्जन महिलाहरू कामको क्रममा भोगेका समस्याहरू मन्त्रीलाई सुनाएका थिए । उनीहरूले काम गर्दा न्यून तलब, दुर्व्यवहार, हिंसा भोग्नु परेका सविस्तार पिडा सुनाएका थिए ।

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  ४ : ५० बजे

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो

बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

दमौली– व्यास नगरपालिका-२ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने

इराक र साउदी अरबका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, ड्रोन आक्रमणबारे छलफल

एजेन्सी– इराकका विदेशमन्त्री फुआद हुसेन र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदबीच

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

राँझा–  बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने