अर्थसंक्षेप : विदेशी ‘साहु’लाई साढे १५ अर्ब ब्याज तिर्दै सरकार, ३५ अंकले घट्यो नेप्से र विदेशमा लगानी गर्न उत्साहित नेपाली « Khabarhub

अर्थसंक्षेप : विदेशी ‘साहु’लाई साढे १५ अर्ब ब्याज तिर्दै सरकार, ३५ अंकले घट्यो नेप्से र विदेशमा लगानी गर्न उत्साहित नेपाली


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

१२ विदेशी ‘साहु’लाई १५ अर्ब ५७ करोड ब्याज तिर्दै सरकार

नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा द्विपक्षीय र बहुपक्षीय गरी १३ विदेशी ऋणदातालाई १५ अर्ब ५७ करोड ४५ लाख रुपैयाँ ब्याज तिर्ने भएको छ ।

आठ बहुपक्षीय र चार द्विपक्षीय ऋण दातालाई सरकारले वैदेशिक ऋणको ब्याज भुक्तानीबापत क्रमशः ११ अर्ब ७१ करोड १५ लाख र तीन अर्ब ८६ करोड ३० लाख रुपैयाँ ऋण तिर्न लागेको हो ।

आर्थिक वर्ष २०८२/८३ का लागि अर्थ मन्त्रालयले तयार पारेको ‘एकीकृत खर्च तथा वित्तीय बजेट अनुमान’ विवरणमा उल्लेख भएअनुसार; वैदेशिक ऋणभारको ब्याज तिर्दा सङ्घीय सञ्चित कोषमाथि व्ययभार पर्नेछ ।

वैदेशिक ऋणको ब्याज साढे १५ अर्ब रुपैयाँभन्दा बढी तिर्न लागेको सरकारले आन्तरिक ऋणको ब्याजबापत भने झण्डै ६ गुणा बढी अर्थात्‌ ९२ अर्ब ९६ करोड १४ लाख रुपैयाँ भुक्तानी गर्ने भएको छ ।

एनसेलले ‘लीग अफ क्रिएटर्स’ आयोजना गर्दै

माइडिया मासिक लक्की ड्र २०८२ का विजेता भए कार्की

विदेशमा लगानी गर्न किन उत्साहित छन् व्यवसायी ?

सरकारले बजेटमार्फत् नेपालीले विदेशमा लगानी गर्न पाउने सम्बन्धी ल्याएको व्यवस्थाप्रति निजी क्षेत्रका प्रतिनिधिले निकै खुसीका साथ प्रतिक्रिया व्यक्त गरेका छन् ।

उनीहरूले बजेटमा प्रतिक्रिया दिँदै सरकारले गरेको यो निर्णयलाई एतिहासिक भन्दै प्रशंसा समेत गरे ।

बजेटमा निजी क्षेत्रसँग सम्बन्धित धेरै विषय समेटिएका छन् । तर, निजी क्षेत्र भने बजेट वक्तव्यमा उल्लेखित विदेशमा लगानी गर्न दिने व्यवस्थाप्रति आकर्षित भएका हुन् ।

विशेषगरी व्यवसायिक छाता संगठनका केही नेतृत्वले सोही व्यवस्थाका कारण बजेटको निकै प्रशंसा गरेको अनुमान हुँदैछ ।

अत्तरिया–भ्यागुतेपानी सडक स्तरोन्नति गरिँदै

कारोबारसहित ३५ अंकले घट्यो नेप्से

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३५.७३ अंकले घटेको छ । आज नेप्से घटेसँगै कारोबारमा पनि गिरावट आएको छ ।

आज ६ अर्ब ६७ करोड ९५ लाख ६१ हजार रुपैयाँ बराबरको १ करोड ५५ लाख ३८ हजार ४७४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै ३४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २१४ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।

कुनैपनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन । ३१५ वटा कम्पनी कारोबारमा आउँदा ७५ हजार ५०८ कित्ता शेयर कारोबार भएको छ । आज १३ मध्ये सबै समुह घटेको छ ।

क्रोम्प्टनको ‘नयाँ वर्षको ठूलो हर्ष’ अभियानअन्तर्गत मासिक लक्की ड्र सम्पन्न 

उखु खेतीबाट वार्षिक आठ लाख आम्दानी

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  ७ : १३ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते