विष्णुदेवी अस्पताल कीर्तिपुरमा अब २४सै घण्टा सेवा  « Khabarhub

विष्णुदेवी अस्पताल कीर्तिपुरमा अब २४सै घण्टा सेवा 


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

कीर्तिपुर– कीर्तिपुरस्थित विष्णुदेवी अस्पतालले २४ घण्टा आकस्मिक सेवा सुरु गरेको छ । अस्पताल परिसरमा आज आयोजित एक कार्यक्रमकाबीच कीर्तिपुर नगरपालिका प्रमुख कृष्णमान डङ्गोलले सेवा सुरु गरे।  

नगरप्रमुख डङ्गोलले आफूले चुनावी अभियानका क्रममा गरेको  प्रतिबद्धताअनुसार काम भएको उल्लेख गर्दै  अब अस्पताललाई  स्रोतसाधन सम्पन्न बनाइने बताए।   

नगरपालिकाले जनतालाई सस्तो र गुणस्तरीय सेवा दिन खोजेको र यसका लागि वयोधा अस्पतालसँग सम्झौता गरी कीर्तिपुरवासीलाई २०–२५ प्रतिशत छुट र विपन्न वर्गलाई  पाँच वटा शय्या निःशुल्क उपलब्ध गराइने व्यवस्था भएको जानकारीसमेत दिए।

कार्यक्रममा अस्पतालका  मेडिकल सुपरिटेन्डेन्ट डा अरुण गौतमले अस्पतालले आकस्मिक सेवासँगै इको कार्डियोग्राफी, २४ घण्टा बर्थिङ सेन्टर र प्रयोगशाला सेवासमेत सुरु गरेको जानकारी दिए । यसले प्राथमिक उपचारका लागि निजी अस्पताल जानुपर्ने बाध्यता नहुने उनले बताए।   

नगर उपप्रमुख सुनिता शाक्यले विष्णुदेवी अस्पतालको सेवालाई थप स्तरीय बनाउन स्थान अभावको समस्यालाई सम्बोधन गर्नुपर्ने बताइन्। 

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  ६ : ४७ बजे

तालतलैयाको बक्यौता नतिर्नेको सेवासुविधा रोकियो

कैलाली– कैलालीको भजनी नगरपालिकाले तालतलैयाको बक्यौता नतिर्ने ठेकेदारको सेवासुविधा रोकेको

लालीबजार : पुस्तेनी देहव्यापारमा अक्षरको चेतना

काठमाडौं- सुरुमै ‘लालीबजार’ हलभन्दा पहिला अदालतमा पुगेको विषयमा छोटो टिप्पणी- पीडकलाई

धवलागिरिमा मानव पाइला परेको ६६ वर्ष, सात सय जनाभन्दा बढीबाट आरोहण

म्याग्दी– धवलागिरि हिमालमा मानव पाइला परेको आज ६६ वर्ष पूरा

प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

यी भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल