प्रचण्डलाई राजेन्द्रले भने- अहिले जनयुद्धको समय होइन, भ्रममा नपर्नुहोस् | Khabarhub Khabarhub

प्रचण्डलाई राजेन्द्रले भने- अहिले जनयुद्धको समय होइन, भ्रममा नपर्नुहोस्


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


522
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले जनयुद्धको समय नरहेकाले भ्रममा नपर्न प्रचण्डलाई आग्रह गरेका छन् ।  

राजसंस्था र हिन्दू राज्य पुनस्र्थापनाको माग गर्दै संयुक्त जनआन्दोलन परिचालन समितिले मंगलबार काठमाडौंको सिफलमा आयोजना गरेको प्रदर्शनमा लिङ्देनले हिजोकै जस्तो मान्छेलाई तर्साएर आफ्नो मुनी राख्न सकिन्छ की भन्ने भ्रमबाट मुक्त हुन प्रचण्डलाई आग्रह गरेका हुन् ।

आफूहरूको आन्दोलन प्रचण्ड वा कुनै दलको विरुद्ध नभई देशमा गणतन्त्रमा नाममा भइरहेको लुटतन्त्र अन्त्य गर्नका लागि लडिरहेको उनले बताए ।

उनले आफूहरूको आन्दोलनविरुद्ध आउने जोकोहीलाई जनताले प्रतिकार गर्ने उल्लेख गरे । त्यस्तै अध्यक्ष लिङ्देनले निषेधाज्ञा बिस्तार गर्ने, प्रदर्शनलाई रोक लगाउने काम संविधान विपरीत रहेकाले यस्ता निर्णय फिर्ता लिन माग समेत गरे  ।  

राजावादीको प्रदर्शनलाई मध्यनजर गर्दै प्रशासनले सिफलचौर क्षेत्र, कोटेश्वर आकाशे पुलदेखि दक्षिण बालकुमारी क्षेत्र र बल्खु क्षेत्रमा मात्रै प्रदर्शन गर्न पाइने गरी निषेधित क्षेत्र घोषणा गरिसकेको छ । अन्य क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेका कारण राजावादीले मंगलबार सिफलचौरमा प्रदर्शन गरेका हुन् ।

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  ७ : २० बजे

अमेरिकामा रोजगारी वृद्धिमा कमी, बेरोजगारी दर स्थिर

वाशिङ्गटन – अमेरिकामा मे महिनामा रोजगारी वृद्धिमा अपेक्षाभन्दा कम वृद्धि

पतञ्जलि जग्गा प्रकरण : एकीकृत समाजवादीद्वारा कानुनविद्हरूसँग छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले अध्यक्ष माधवकुमार नेपालविरुद्ध

झापामा करेन्ट लागेर आठ जना घाइते

झापा – कनकाई नगरपालिका–२ मा करेन्ट लाग्दा आज आठ जना

उत्तेजनाको राजनीति कांग्रेसकोे शैली होइन : महामन्त्री थापा

धरान – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले उत्तेजक नारा

सहायक भूमिकामा फ्लप गरिमा : ‘जन्ते बाख्रो’बाट लिड रोलको परीक्षामा

काठमाडौं – नायिक गरिमा शर्मा सामाजिक सञ्जाल र म्युजिक भिडियोमा