कर्णालीको स्थानीय तहका आन्दोलनरत कर्मचारी र सरकारी वार्ता टोलीबीच १४ बुँदे सहमति « Khabarhub

कर्णालीको स्थानीय तहका आन्दोलनरत कर्मचारी र सरकारी वार्ता टोलीबीच १४ बुँदे सहमति


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेश स्थानीय तहका कर्मचारीले आन्दोलन स्थगित गरेका छन् । सरकारद्वारा गठित वार्ता समिति र आन्दोलनरत कर्मचारीबीच १४ बुँदे सहमतिपछि आन्दोलन स्थगित गरिएको हो ।

स्थानीय सेवा गठन तथा सञ्चालन ऐनमा विभेद् गरिएको भन्दै यहाँका ७९ वटै स्थानीय तहका कर्मचारीहरू कामकाज ठप्प पार्दै दुई साताभन्दा बढी समयदेखि आन्दोलनमा थिए ।

सोमबार प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव (कानुन) वीरेन्द्रबहादुर केसीको संयोजकत्वमा वार्ता तथा सहजीकरण समिति गठन गरेको थियो ।

उक्त समिति, सुर्खेत जिल्लामा क्रियाशील राष्ट्रियस्तरका ट्रेड यूनियन र स्थानीय सेवा कर्मचारी सञ्जाल कर्णाली प्रदेश समितिबीच त्रिपक्षीय वार्ता तथा छलफलपछि सहमति जुटेको हो ।

सरकारले यही जेठ २ मा स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ लाई संशोधन गर्न बनेको विधेयक प्रदेशसभामा दर्ता गरिसकेको छ ।

उक्त विधेयकमा स्थानीय सेवामा कार्यरत कर्मचारीको वृत्ति विकासमा प्रत्यक्ष असर पर्ने दफा उपदफा संशोधन गर्ने सहमतिपछि आन्दोलन स्थगन भएको स्थानीय सेवा कर्मचारी सञ्जाल कर्णाली प्रदेशका संयोजक विक्रम शाहीले बताए । रासस

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  ९ : ०१ बजे

तालतलैयाको बक्यौता नतिर्नेको सेवासुविधा रोकियो

कैलाली– कैलालीको भजनी नगरपालिकाले तालतलैयाको बक्यौता नतिर्ने ठेकेदारको सेवासुविधा रोकेको

लालीबजार : पुस्तेनी देहव्यापारमा अक्षरको चेतना

काठमाडौं- सुरुमै ‘लालीबजार’ हलभन्दा पहिला अदालतमा पुगेको विषयमा छोटो टिप्पणी- पीडकलाई

धवलागिरिमा मानव पाइला परेको ६६ वर्ष, सात सय जनाभन्दा बढीबाट आरोहण

म्याग्दी– धवलागिरि हिमालमा मानव पाइला परेको आज ६६ वर्ष पूरा

प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

यी भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल