ब्रम्होस क्षेप्यास्त्र सञ्चालन गर्ने फिलिपिन्सको तयारी अन्तिम चरणमा « Khabarhub

ब्रम्होस क्षेप्यास्त्र सञ्चालन गर्ने फिलिपिन्सको तयारी अन्तिम चरणमा


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिलिपिन्सले भारतमा निर्मित ब्रम्होस क्षेप्यास्त्र सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ । फिलिपिन्सको मरिन कोरले ब्रम्होस सुपरसोनिक क्रुज क्षेप्यास्त्र प्रणाली सञ्चालनको तयारी अन्तिम चरणमा पुर्‍याएको हो ।

फिलिपिन्सले हरेक ‘ट्रान्सपोर्टर एरेक्टर लन्चर (टीईएल)’ मा दुई क्षेप्यास्त्र राख्ने निर्णय गरेको छ । भारतले भने यस्ता टीईएलमा तीन वटा क्षेप्यास्त्र राख्दै आएको छ ।

विशिष्ट भौगोलिक बनावट र पूर्वाधारका चुनौतीलाई मध्यनजर गर्दै फिलिपिन्सले यस्तो रणनीतिक निर्णय गरेको इण्डियन डिफेन्स रिसर्च विङले उल्लेख गरेको छ । भारत र रुसले संयुक्त सहकार्यमा निर्माण गरेको ब्रम्होस क्षेप्यास्त्रको गति मक ३ सम्म रहेको जनाइएको छ ।

एउटा ब्रम्होस क्षेप्यास्त्रको औसत तौल तीन टन छ । यस क्षेप्यास्त्रको मारक दूरी तीन सय किलोमिटरसम्म रहेको जनाइएको छ ।

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  ९ : ४४ बजे

मधेस प्रदेशका ७२ जना कर्मचारी कारबाहीमा

जनकपुरधाम – मधेस प्रदेश सरकारअन्तर्गत धनुषा जिल्लामा रहेका कार्यालयको छड्के

डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल

ललितपुर – नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।

दाङ शाखाको ३३औँ स्थापना दिवस : पत्रकारलाई पेसामा टिकाउन राज्यले लगानी गर्नुपर्ने

देउखुरी– नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले श्रमजीवी पत्रकारलाई पेसामा