आज गण्डकी प्रदेशको नीति तथा कार्यक्रम « Khabarhub

आज गण्डकी प्रदेशको नीति तथा कार्यक्रम


२१ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

पोखरा – गण्डकी प्रदेश सरकारले बुधबार आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ। प्रदेश प्रमुख डिल्लीराज भट्टले दिउँसो १ बजे प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।

संविधान अनुसार प्रदेश प्रमुखले प्रदेश सरकारको सिफारिसमा नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्ने प्रावधान छ । नीति तथा कार्यक्रममा आगामी वर्षका लागि प्रदेश सरकारको प्राथमिकता, नीति निर्देशिका, विकास योजनाहरू र कार्यक्रमहरू समावेश गरिनेछ। विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि प्रदेश सभामा छलफल भइसकेको छ । प्रदेशले असार १ गते बजेट ल्याउनुपर्ने प्रावधान छ ।

यो गण्डकीको आठौं नीति तथा कार्यक्रम हो । नीति तथा कार्यक्रम र बजेटबीच तालमेल नमिल्दा आशातीत विकास हुन नसकेको भन्दै प्रदेश सरकारको आलोचना बढ्दै गएको छ ।

गण्डकी प्रदेश सरकारको चालु आर्थिक वर्षको कार्यप्रगति र नागरिकका आवश्यकता अनुसार आगामी वर्षमा कृषि, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता क्षेत्रमा विशेष कार्यक्रम ल्याइने अपेक्षा गरिएको छ। प्रदेश सरकारको नेतृत्व कांग्रेसका सुरेन्द्रराज पाण्डेले गरेका छन् ।

पोहोर जेठ १४ मा सर्वोच्चको परमादेशबाट मुख्यमन्त्रीमा बहाली भएका पाण्डे नेतृत्वको सरकारले निकै हतारमा नीति तथा कार्यक्रम र बजेट ल्याउनु परेको थियो ।

त्यस तुलनामा भने अहिले सरकारसँग प्रशस्त समय थियो । पोहोर भदौमा एमाले प्रदेश सरकारमा सामेल भएको थियो । गठबन्धन सरकारले समावेशी तथा दिगो विकासलाई प्राथमिकतामा राख्ने बताउँदै आएको छ।

प्रदेशको आर्थिक वृद्धिदर संघ र अरु प्रदेशको तुलनामा राम्रो रहे पनि संघले दिने अनुदानमा कटौती हुँदा जाँदा र आन्तरिक राजस्व उठाउन नसक्दा बजेटको अंक घट्ने आँकलन गरिएको छ । प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत भएपछि त्यसमाथि छलफल भएर पारित हुनेछ। त्यसपछि असार १ गते आगामी आर्थिक वर्षको बजेट निर्माण कार्य अगाडि बढ्नेछ।

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  ७ : ४८ बजे

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले गरेँ पद बहाली

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । प्रधानमन्त्री

नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित

काठमाडौं– नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित भएका छन्

चितवनको सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु (तस्बिरहरू)

 काठमाडौं– चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा आजदेखि १९ औँ संस्करणको

लप्सीको रुखबाट लडेर वैतेश्वरका तामाङको मृत्यु 

दोलखा– लप्सी टिप्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका दोलखाको

प्रभु बैंकका सीईओ अशोक शेरचन हाजिरी जमानीमा छुटे

काठमाडौं- गत १४ मंसिरमा पक्राउ परेका प्रभु बैंकका सीईओ अशोक शेरचन