कटान खोला बगरबाट ११ सय केजी गाँजा बरामद  | Khabarhub Khabarhub

कटान खोला बगरबाट ११ सय केजी गाँजा बरामद 


२१ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

सुनसरी– प्रहरीले सुनसरीको हरिनगरा गाउँपालिकाको कटान खोला बगरबाट ११ सय केजी बढी गाँजा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीकाअनुसार हरिनगरा गाउँपालिकाको वडा नम्बर ५ र ६ को सिमानामा पर्ने कटान खोलाको बगरमा पुरेर लुकाइ रहेको अवस्थामा १ हजार १ सय २० किलोग्राम तयारी गाँजा बरामद गरिएको हो ।

नेपालबाट भारती बजारमा गाँजा तस्करी हुने गरेको छ । तर खोलाको बगरमा कसले गाँजा लुकाएर राखेको हो त्यसबारे पहिचान हुन सकेको छैन । मङ्गलबार बेलुका घुस्कीस्थित प्रहरी चौकीले सूचना पाएपछि देवानगञ्जस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल विष्ट, प्रहरी नायब निरीक्षक सुरेश यादव, सुरक्षा वेस क्याम्प बसन्तपुरबाट प्रनानी विष्णुबहादुर दनुवार र जिल्ला प्रहरी कार्यालयबाट प्रनानी महेश ढकाल, शसस्त्र प्रहरी बल घुस्कीबाट सहायक प्रहरी निरीक्षक नरेन्द्र घिमिरे, बसन्तपुर बीओपीबाट सहयक प्रहरी निरीक्षक इन्द्रजंग थापाको संयुक्त टोलीले बगर उत्खनन गरी गाँजा बरामद गरेको हो ।

विभिन्न रङ्गका ३८ वटा प्लास्टिकको बोरामा प्याक गरी राखेको अवस्थामा बरामद गाँजा जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

धनकुटाको शहीदभूमि गाउपालिका क्षेत्रमा सबैभन्दा बढी गाँजा उत्पादन हुने गरेको छ । सुनसरीको बराहक्षेत्र, विष्णुपादुका हुँदै तस्करले ल्याएको तयारी गाँजा भारतीय तस्करले लिन ढिलाई गरेपछि बगरमा लुकाएर राखेको हुन सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  ११ : ४७ बजे

साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो महिनामा रु एक खर्ब ६६

स्थानीय निकायबाट आधारभूत स्वास्थ्य सेवा प्रवाह हुँदै

मोरङ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आगामी असोज मसान्तसम्ममा स्थानीय

लिपुलेक नाका सम्बन्धी भारत–चीन सहमतिको विरोध (तस्बिरहरू)

काठमाडौं– संयुक्त विद्यार्थी संगठनले भारत र चीनबीच हालै भएको लिपुलेक

वर्षौँपछि पाकिस्तानका परराष्ट्रमन्त्रीको बंगलादेश भ्रमण

ढाका- पाकिस्तानका परराष्ट्रमन्त्री इसहाक डार शनिबार बंगलादेशको भ्रमणमा गएका छन्

‘स्क्रब टाइफस’बाट एक जनाको मृत्यु

चितवन– स्क्रब टाइफसबाट शनिबार यहाँ एक महिलाको मृत्यु भएको छ