नेयमारको गोलमा पीएसजीको जित « Khabarhub

नेयमारको गोलमा पीएसजीको जित


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-  फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लियोनलाई हराएको छ । आइतबार राति भएको खेलमा नेयमारको गोलमा पीएसजीले लियोनविरुद्ध १–० को जीत हासिल गरेको हो ।

खेल सकिन ३ मिनेट बाँकी छदाँ नेयमारले पीएसजीका लागि गोल गरेका थिए । जितसंगै शीर्ष स्थानको पीएसजीले लिगमा तीन अंकको अग्रता लिएको छ ।

अघिल्लो हप्ता स्टार्सवर्गविरुद्वको खेलमा दोस्रो हाफको ईन्जुरी समयमा नेयमारले पीएसजीका लागि एक मात्र विजयी गोल गरेका थिए ।

लगातार दोस्रो खेलमा समेत अन्तिम समयमा गोल गर्दै नेयमारले घरेलु टोलीलाई स्तब्ध पारेका हुन् । नेयमारले पीएसजीका सुरुवाती पाँच खेल गुमाएका थिए । उनी बार्सिलोनासंग जोडिएपछि मुख्य प्रशिक्षक थोमस टुचेलले उनलाई टिम बाहिर राखेका थिए ।

उनी टिममा फर्किएपनि च्याम्पियन्स लिगको सुरुवाती तीन खेल गुमाउनेछन् । उनलाई युईएफएले तीन खेलका लागि निलम्बन गरेको छ । सोही कारण रियल मड्रिडविरुद्वको पहिलो खेलमा उनी मैदानमा देखिएनन् ।

फ्रेन्च लिगको शीर्ष स्थानको पीएसजीले ६ खेलबाट १५ अंक जोडेको छ । लियोन ८ अंक सहित नवौ स्थानमा छ ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ६ : २५ बजे

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार