१० लाखभन्दा बढी मूल्यको घरजग्गा खरिद बिक्री गर्दा बैङ्किङ कारोबार अनिवार्य « Khabarhub

१० लाखभन्दा बढी मूल्यको घरजग्गा खरिद बिक्री गर्दा बैङ्किङ कारोबार अनिवार्य


२१ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अब १० लाख रुपैयाँ मूल्य भन्दा माथिको घरजग्गा कारोबार बैङ्किङ प्रणालीमार्फत् गर्नुपर्ने भएको छ ।

‘भूमि व्यवस्था तथा अभिलेख विभागले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी जारी गरिएको निर्देशन, २०८२’ कार्यान्वयन गर्दै सो व्यवस्था लागू गरेको हो ।

‘घर जग्गा खरिद बिक्रीको कारोबार गर्दा दश लाख रुपैयाँभन्दा माथि पचास लाख रुपैयाँसम्मको कारोबार बैङ्किङ प्रणाली वा विद्युतीय भूक्तानी मार्फत् गर्नुपर्नेछ । तर पचास लाख रुपैयाँ भन्दा बढी रकमको कारोबार विद्युतीय भुक्तानी प्रणाली मार्फत् सोझै र चेकमार्फत् गर्दा बिक्रीकर्ताको नाममा तयार गरिएको गुड फर पेमेन्ट चेकमार्फत् गर्नुपर्ने छ’, उक्त निर्देशनमा भनिएको छ ।

जग्गाको खरिद बिक्री गर्दा सूचक संस्थाले खरिदकर्ताको बैङ्क खाताबाट बिक्रीकर्ताको बैङ्क खातामा कारोबार गरेको रकम जम्मा भएको प्रमाण लिखतका साथ संलग्न गर्नुपर्ने व्यवस्था पनि निर्देशनले गरेको छ ।

त्यस्तै, तीन करोड भन्दा बढी रकमको घरजग्गा कारोबार गर्नेको विवरण वित्तीय जानकारी इकाइमा पठाउनुपर्ने व्यवस्था पनि विभागले नयाँ निर्देशनमार्फत् गरेको छ ।

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  २ : २२ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते