कमल थापा बोलिरहँदा राजावादीबीच होहल्ला, नवराज सुवेदीले गरे बैठक स्थगित (तस्बिरहरू) « Khabarhub

कमल थापा बोलिरहँदा राजावादीबीच होहल्ला, नवराज सुवेदीले गरे बैठक स्थगित (तस्बिरहरू)


२१ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजसंस्था पुनर्स्थापनाका लागि भनेर गठन गरिएको संयुक्त जनआन्दोलन समितिको बैठकमा होहल्ला भएको छ । 

आन्दोलनको समीक्षा गर्न भनेर धुम्बाराहीमा बुधबार बसेको बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्‍देन नआएपछि होहल्ला भएको हो। उनी बैठकमा सहभागी नभएकोमा धेरै सहभागी असन्तुष्ट भएका थिए ।

संसद् बैठकका कारण लिङ्‍देन उपस्थित हुन नसकेको भनेर बैठकको सुरुमै जानकारी गराइएको थियो। त्यसका बाबजुद पनि धेरै नेताहरूले असन्तुष्टि जनाएका थिए ।

समीक्षा बैठक भए पनि पत्रकार सम्मेलनमा जस्तो सञ्चारकर्मीलाई पहुँच दिइएको विषय पनि उठेको थियो। शीर्ष नेता डराएर मिडियालाई बस्न दिएको कतिपय सहभागीले होहल्ला गरेका थिए । 

त्यसपछि राप्रपा नेपालका अध्यक्ष कमल थापा बोल्ने समयमा होहल्ला भएपछि आन्दोलन समितिका संयोजक नवराज सुवेदीले माइक लिएर कार्यक्रम स्थगित भएको घोषणा गरेका थिए । त्यसपछि युवाहरूले ‘बूढाहरूबाट केही हुँदैन’ भन्दै छुट्टै बैठक गरिरहेको बताइएको छ ।  

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  ४ : १० बजे

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी