माओवादी पदाधिकारी बैठक जारी « Khabarhub

माओवादी पदाधिकारी बैठक जारी


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


600
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ । बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा जारी छ ।

बैठकमा सर्वोच्च अदालतले पार्टी उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको मुद्दामा गरेको उत्प्रेषण आदेशका विषयमा छलफल भइरहेको बताइएको छ ।

यस्तै बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नताका बारेमा संसदमा खेल्नुपर्ने भूमिका, सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकलगायत विषयमा छलफल केन्द्रित रहेको बताइएको छ ।

माओवादीको द्वन्द्वकालीन समयमा भएको काभ्रेका अर्जुन लामाको हत्या प्रकरणमा पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध अर्जुनकी पत्नी पूर्णिमाया लामाले दायर गरेको रिटमा सर्वोच्चले बुधबार उत्प्रेषण आदेश जारी गर्दै अनुसन्धानको बाटो खुला गरेको छ । 

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  ९ : १३ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि