कैलालीमा ५४९ नयाँ उद्योग थपिए | Khabarhub Khabarhub

कैलालीमा ५४९ नयाँ उद्योग थपिए


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

कैलाली– घरेलु तथा साना उद्योग कार्यालय कैलालीमा चालु आर्थिक वर्षको १० महिनामा ५४९ नयाँ उद्योग दर्ता भएका छन् ।

उक्त कार्यालयका सूचना अधिकारी शर्मिला बस्नेतका अनुसार एक सय १२ उत्पादनमूलक, दुई सय चार कृषिमूलक, दुई वटा पर्यटनमूलक, दुई वटा सूचना प्रविधि र २२९ सेवामूलक घरेलु तथा साना उद्योग दर्ता भएका हुन् ।

जिल्लामा हालसम्म घरेलु तथा साना उद्योग दर्ताको सङ्ख्या १६ हजार आठ सय ४६ पुगेको छ । दर्ता भएकामध्ये उत्पादनमूलक तीन हजार ५१८, कृषिमूलक सात हजार ३६, निर्माणमूलक दुई, पर्यटनमूलक ६८, सूचना प्रविधका १४ र सेवामूलक ६ हजार २०८ उद्योग रहेको उनले जानकारी दिए । चालु आवको सोही अवधिमा स्थानीय व्यापारअन्तर्गत वाणिज्यसम्बन्धी ५३२ वटा फर्म दर्ता भएका छन् ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालयले २०८० पुस १ गते स्थानीय व्यापारतर्फका हस्तान्तरण गरेका तथा त्यसयता उक्त कार्यालयमा दर्ता भएका गरी वाणिज्यतर्फका फर्मको सङ्ख्या २५ हजार एक सय २७ पुगेका उनले बताए ।

चालु आवमा दुई सय ३६ वटा घरेलु तथा साना उद्योग र वाणिज्यतर्फका तीन सय १४ गरी पाँच सय ५० वटा फर्मको लगतकट्टा गरिएको सूचना अधिकारी बस्नेतले जानकारी दिए ।
कार्यालयले चालु आवको उक्त अवधिमा एक करोड ४६ लाख एक हजार ५७३ राजस्व सङ्कलन गरेको छ ।

महिला, दलित र अपाङ्गता भएका व्यक्तिलाई नयाँ उद्योग दर्ता, नवीकरणमा छुटको व्यवस्था भएकाले पछिल्लो समय उद्योग दर्ता गर्नेको सङ्ख्या बढ्दै गएको उनको भनाइ छ ।

गत आवमा सात सय १४ घरेलु तथा साना उद्योग र वाणिज्यतर्फ तीन सय एक फर्म दर्ता भएका थिए । गत आवमा एक करोड ७७ लाख ४४ हजार ७७७ रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  ११ : ०८ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सिने ब्रिफ : व्यस्त सौगात, अञ्जनामाथि निर्देशको आरोपैआरोप, फ्लप गरिमा लिड रोलको परीक्षामा

हेडलाइन :सहायक भूमिकामा फ्लप फिल्मको ह्याट्रिक हानेकी गरिमा, अब ‘जन्ते

विश्वकप छनोट : चिलीमाथि र्जेन्टिनाको जित

काठमाडौं– विश्वकप फुटबल छनोट अन्तर्गत दक्षिण अमेरिकी समूहको खेलमा अर्जेन्टिनाले

इक्वेडरसँग बराबरीमा रोकियो ब्राजिल

काठमाडौं– विश्वकप फुटबल छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोट समूहमा ब्राजिल

आज २०८२ साल जेठ २४ गते शनिबारको राशिफल

काठमाडौं– आज २०८२ साल जेठ २४ गते शनिबार। जेठ शुक्ल