किसानलाई माटो परीक्षण गर्न सिकाइँदै « Khabarhub

किसानलाई माटो परीक्षण गर्न सिकाइँदै


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले माटो सुहाउँदो खेती प्रणालीमा जोड दिन किसानलाई माटो परीक्षणसम्बन्धी सीप, प्रदान गरेको छ । गाउँपालिकाले भूगोल र माटो सुहाउँदो खेती प्रणालीमा जोड्न २४ जना अगुवा किसानलाई माटो परीक्षणसम्बन्धी पाँच दिने तालिम प्रदान गरेको हो ।

तालिममा सहभागी किसानलाई माटो परीक्षण गर्ने तरिका, परीक्षण गर्नु अघि खेतबारीबाट माटो सङ्कलन गर्ने तरिका, बालीमा प्रयोग गर्ने बीउबिजन तथा विषादीको प्रयोग गर्ने तरिकालगायतको सीप सिकाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए ।

तालिम लिएका अगुवा किसानले अब गाउँपालिकामा माटो प्राविधिकको रुपमा सेवा प्रदान गर्ने उनको भनाइ छ । आगामी आर्थिक वर्षमा सीप लिएकालाई माटो परीक्षणका लागि आवश्यक यन्त्र, उपकरण गाउँपालिकाले प्रदान गर्ने प्रमुख प्रशासकीय अधिकृत भट्टराईले बताए ।

उनले माटोको परीक्षण गरेर खेती गर्दाको फाइदाको विषयमा पनि जानकारी गराएको बताए ।

गाउँपालिकाले कृषिमा योजनाबद्ध रुपमा काम गरिरहेकाले किसानलाई माटोसम्बन्धी प्रयोगात्मक रुपमा ज्ञान प्रदान गर्ने लक्ष्यले माटो परीक्षणको सीप प्रदान गरिएको गाउँपालिका अध्यक्ष किरण राईले बताए ।

गाउँपालिकाले मुख्य रुपमा अकबरे खुर्सानी खेतीसँगै माटो र हावापानी सुहाउँदो नगदेबाली खेतीमा जोड दिएकाले किसान आफैँले आवश्यक ज्ञान, सीप लिन सक्ने वातावरण तयार गर्न कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ ।

गाउँपालिकामा कृषि तथा पशुपक्षी सेवा केन्द्र भवन निर्माण भएकाले कृषिसम्बन्धी थप काम गर्न सहज भएको अध्यक्ष राईको भनाइ छ । (रासस)

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  १२ : १० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै