भाले गैँडा सदर चिडियाखाना पठाइयो | Khabarhub Khabarhub

भाले गैँडा सदर चिडियाखाना पठाइयो


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन राष्ट्रिय निकुञ्जले सौराहाको राष्ट्रिय प्रकृति संरक्षण कोषमा हुर्काइएको एउटा भाले गैंडा (माइला)लाई सदर चिडियाखाना ललितपुरमा पठाएको छ । 

वन तथा वातावरण मन्त्रालयको गत वैशाख २४ गतेको निर्णयानुसार २३ महिनाको सो गैँडालाई बुधबार साँझ ललितपुर पठाइएको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार बच्चा गैँडालाई चिडियाखाना पठाइएको हो । 

बर्दिया राष्ट्रिय निकुञ्जमा टुहुरो अवस्थामा रहेको माइलालाई यहाँ ल्याएर हुर्काइएको थियो । मन्त्रालयको निर्णयानुसार अर्को पोथी गैंडा पनि लैजाने तयारी गरिएको छ । उनले भने, ‘करिब ३० महिनाको पोथी गैँडा (पुजा)लाई पनि लैजाने तयारी गरिएको छ ।’

बुधबार नै पठाउने तयारी गरिएको भए पनि पुजा खोरमा जान नमानेपछि केही दिनपछि पठाउने तयारी गरिएको उनले बताए। सदर चिडियाखानामा गैँडा हेर्न आउने पर्यटकलाई देखाउनका लागि गैँडाका बच्चा लगिएको हो । हुर्काइएका गैँडा लैजाँदा मानवीय क्षति कम हुने भएकाले यस्ता गैँडा लगिने गरेको छ ।

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  १२ : २१ बजे

खुल्यो ‘फेस अफ नेपाल २०२५’को आवेदन

काठमाडौं – एसिया मोडल फेस्टिवल फेस अफ नेपाल २०२५ का

एल साल्भाडोर लगिएका किलमारलाई अमेरिका फर्काइयो

एल साल्भाडोर– भुलवश डिपोर्ट गरिएका एल साल्भाडोरका २९ वर्षीय किलमार

जिब्रल्टरको पोस्टमा क्रोएसियाको ७ गोल

काठमाडौं– युरोपेली क्षेत्रको विश्वकप छनोटमा क्रोएसियाले जिब्रल्टरलाई फराकिलो अन्तरले हराएको

जलिरहेको प्यारासुटबाट जम्प गरेर टम क्रुजले राखे विश्व कीर्तिमान

काठमाडौं – हलिउड नायक टम क्रुजले जलिरहेको प्यारासुटबाट जम्प गरेर