भाले गैँडा सदर चिडियाखाना पठाइयो « Khabarhub

भाले गैँडा सदर चिडियाखाना पठाइयो


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन राष्ट्रिय निकुञ्जले सौराहाको राष्ट्रिय प्रकृति संरक्षण कोषमा हुर्काइएको एउटा भाले गैंडा (माइला)लाई सदर चिडियाखाना ललितपुरमा पठाएको छ । 

वन तथा वातावरण मन्त्रालयको गत वैशाख २४ गतेको निर्णयानुसार २३ महिनाको सो गैँडालाई बुधबार साँझ ललितपुर पठाइएको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार बच्चा गैँडालाई चिडियाखाना पठाइएको हो । 

बर्दिया राष्ट्रिय निकुञ्जमा टुहुरो अवस्थामा रहेको माइलालाई यहाँ ल्याएर हुर्काइएको थियो । मन्त्रालयको निर्णयानुसार अर्को पोथी गैंडा पनि लैजाने तयारी गरिएको छ । उनले भने, ‘करिब ३० महिनाको पोथी गैँडा (पुजा)लाई पनि लैजाने तयारी गरिएको छ ।’

बुधबार नै पठाउने तयारी गरिएको भए पनि पुजा खोरमा जान नमानेपछि केही दिनपछि पठाउने तयारी गरिएको उनले बताए। सदर चिडियाखानामा गैँडा हेर्न आउने पर्यटकलाई देखाउनका लागि गैँडाका बच्चा लगिएको हो । हुर्काइएका गैँडा लैजाँदा मानवीय क्षति कम हुने भएकाले यस्ता गैँडा लगिने गरेको छ ।

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  १२ : २१ बजे

नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको दायराबाट

खुला पहुँच कार्यान्वयनका लागि दुई नयाँ निर्देशिकाको मस्यौदा सार्वजनिक

काठमाडौं – विद्युत् नियमन आयोगले विद्युत् प्रसारण तथा वितरण प्रणालीमा

स्रोत नखुलेको रकमसहित भारतीय नागरिक पक्राउ

वीरगञ्ज- स्रोत नखुलेको भारतीय मुद्रासहित यहाँ एक जना पक्राउ परेका

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

काठमाडौं– नापि कार्यालय धनुषाले  नाप जाँच भएको करिब ५ वर्षपछि

नेपाललाई समावेशी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड

 काठमाडौं- बेलायती सञ्चारकर्मी, ट्राभल लेखिका तथा अपाङ्गता अधिकार अभियन्ता सोफी मोर्गनले