नेपाली सेनाको प्रवक्तामा राजाराम बस्नेत | Khabarhub Khabarhub

नेपाली सेनाको प्रवक्तामा राजाराम बस्नेत


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


516
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाले सहायकरथी राजाराम बस्नेतलाई  प्रवक्ताको जिम्मेवारी दिएको छ । जनसम्पर्क तथा सूचना निर्देशनालयमा आज आयोजित कार्यक्रममा सहायकरथी बस्नेतले प्रवक्ताको औपचारिक जिम्मेवारीको बुझबुझारथ गरेका हुन् ।

यसअघिका प्रवक्ता गौरवकुमार केसीले भने आगामी आइतबारबाट नेपाली सेनाको पूर्वीपृतनाको निमित्त प्रमुखको जिम्मेवारी सम्हाल्नु हुनेछ । उनको नाम सिफारिस भइसकेकाले उनको केही समयमै उपरथीमा बढुवा हुने सम्भावना छ । त्यहाँका पृतनापति पवनराज घिमिरेको जङ्गी अड्डामा सरुवा भइरहेको छ ।

नयाँ प्रवक्ता यसअघि सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण निर्देशनालयको निर्देशकको जिम्मेवारीमा थिए। सूचना र जनसम्पर्कका माध्यमद्वारा नागरिक र सैनिक सम्बन्ध सुदृढ तुल्याउन महत्वपूर्ण भूमिकामा रहने जनसम्पर्क तथा सूचना निर्देशनालयको निर्देशक नेपाली सेनाको प्रवक्ताको जिम्मेवारीमा रहने अभ्यास छ । 

राष्ट्रको प्रमुख सुरक्षा संगठन नेपाली सेनाको प्रमुखको निकटतामा रही प्रवक्ताले कार्यजिम्मेवारी सम्हाल्नेछन् ।

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  १२ : २६ बजे

जिब्रल्टरको पोस्टमा क्रोएसियाको ७ गोल

काठमाडौं– युरोपेली क्षेत्रको विश्वकप छनोटमा क्रोएसियाले जिब्रल्टरलाई फराकिलो अन्तरले हराएको

जलिरहेको प्यारासुटबाट जम्प गरेर टम क्रुजले राखे विश्व कीर्तिमान

काठमाडौं – हलिउड नायक टम क्रुजले जलिरहेको प्यारासुटबाट जम्प गरेर

मुस्लिम धर्मावलम्बीलेआज बकर ईद मनाउँदै

काठमाडौं– मुस्लिम धर्मावलम्बीहरुले दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा)

उत्तरी मेसेडोनिया र बेल्जियमको बराबरी

काठमाडौं– विश्वकप फुटबलको समूह ‘जे’को खेलमा बेल्जियम र उत्तरी मेसेडोनियाले