चरणबद्ध आन्दोलन थाल्ने कर्मचारीको निर्णय, आठौं तहलाई पनि संगठनको सदस्य हुन दिनुपर्ने अडान « Khabarhub

चरणबद्ध आन्दोलन थाल्ने कर्मचारीको निर्णय, आठौं तहलाई पनि संगठनको सदस्य हुन दिनुपर्ने अडान


२२ जेष्ठ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल निजामती कर्मचारी संगठनले आफ्ना माग बमोजिम संघीय निजामती ऐन जारी नभए चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ ।

काठमाडौंमा सम्पन्न दोश्रो केन्द्रीय कार्यसमिति बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संगठनले कर्मचारी तथा ट्रेड युनियनमैत्री ऐन जारी हुन नसके चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको हो ।

बैठकले तीनै तहमा कार्यरत कर्मचारीहरूलाई मार्ग निर्देशन गर्ने मूल कानुन संघीय निजामती सेवा ऐन जारी गर्न सरकारले ढिलासुस्ती गरेको भन्दै ध्यानाकर्षण गराउने निर्णय गरिएको संगठनका महासचिव रामचन्द्र अधिकारीले जानकारी दिए ।

उहाले तीनै तहका कर्मचारीलाई निजामती कर्मचारीको परिभाषामा समावेश गरी कर्मचारी तथा ट्रेड युनियनमैत्री ऐन जारी गर्न विशेष पहल गर्ने बताए ।

त्यस्तै संगठनले कार्यालय प्रमुखबाहेक शाखा अधिकृत वा आठौँ तहसम्मका कर्मचारीहरू सदस्य हुन पाउने गरी सामूहिक सौदाबाजीसहितको राष्ट्रियस्तरका ट्रेड युनियन र आधिकारिक ट्रेड युनियनको व्यवस्था हुनुपर्ने माग गरिएको महासचिव अधिकारीले बताए ।

संगठनले संघीय निजामती सेवा ऐन जारी भएपछि संघीय कानुन बमोजिम संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरूलाई एक पटकका लागि समयोजनको लागि छनौटको अवसर प्रदान गर्नुपर्ने माग गरेको छ ।

त्यस्तै योग्यता पुगेका कर्मचारीलाई श्रेणी वृद्धि गरी तह मिलान गर्नुपर्ने, अस्थायी करारमा काम गरेका कर्मचारीलाई एकपटक उमेरको हद नलाग्ने गरी सिमित प्रतियोगिताबाट स्थायी गर्नुपर्ने लगायतका मागसमेत अघि सारिएको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८२, बिहिबार  १२ : ४६ बजे

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत

गैरदलीय निर्वाचन र प्रवासको मतदान अधिकारको मागसहित उज्यालो नेपाल पार्टी निर्वाचन आयोग जाँदै

काठमाडाैँ – उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचनको व्यवस्था गर्न

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके– सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो