उद्धार अभ्यासमा संलग्न सशस्त्र प्रहरीका दुई जवान सप्तकोशीमा डुबेर बेपत्ता « Khabarhub

उद्धार अभ्यासमा संलग्न सशस्त्र प्रहरीका दुई जवान सप्तकोशीमा डुबेर बेपत्ता


२२ जेष्ठ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

सुनसरी– कोशी बराजस्थित सप्तकोशी नदीमा गोताखोर अभ्यासमा रहेका दुईजना सशस्त्र प्रहरी डुबेर बेपत्ता भएका छन्। बेपत्ता हुनेमा प्रहरी जवान सुरज साउद र हरदेव राजवंशी छन् ।

सशस्त्र प्रहरीको मधेश प्रदेश कार्यालयले बाढीपहिरोमा परेकालाई उद्धारका लागि बिहीबार गरिरहेको अभ्यासका क्रममा दुवैजना डुबेर बेपत्ता भएका हुन् ।

सशस्त्र प्रहरीको बर्दिबासस्थित मधेश प्रदेश कार्यालयबाट बिहीबार कोशी बराजस्थित सप्तकोशी नदीमा उद्धार अभ्यास गरिएको थियो ।

अक्सिजन मास्कसहित अभ्यासका क्रममा दुईजना सशस्त्र प्रहरी जवान डुबेर बेपत्ता भएको सप्तरीका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए । अहिले दुवैजनाको सुनसरी र सप्तरीका थप प्रहरी आएर खोजिरहेको बताए ।

प्रकाशित मिति : २२ जेष्ठ २०८२, बिहिबार  ६ : ०७ बजे

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान